एमाले कास्कीले कार्तिक १० गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

पोखरा  ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीले यहीँ कार्तिक १० गते शनिबार शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार शुभ दिपावली, नेपाल सम्वत् ११४५, छठ, ईद लगायतका चाडपर्वको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअगाडि गत असोज १७ गते दशैंको घटस्थापनाको दिनमा गर्ने तय भएको कार्यक्रम देशमा बाढी पहिरो लगायतका कारण जनधनको क्षति भएपछि स्थगित भएको थियो ।

पोखरा सभागृहमा बिहान साढे सात बजेपछि सुरु हुने कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

कार्यक्रममा एमालेका केन्द्रीय नेताहरू, मन्त्रीहरू, सांसदहरू, प्रदेशका नेताहरूका अलावा कास्कीमा रहेका विभिन्न राजनीतिक दलका नेता समेत सहभागी बन्ने अध्यक्ष अधिकारीको भनाइ छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button