पाँचपल्टको विजेता भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत

काठमाडौं ।

पाँचपल्टको विजेता भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा पाकिस्तानलाई ५–२ ले पराजित गर्दै भारतले सुखद सुरुआत गरेको हो।

जितसँगै समूह ए मा रहेको भारतले तीन अंक जोडेको छ। योसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। यो समूहमा भारत र पाकिस्तानबाहेक बंगलादेश पनि छ।

खेलको पाँचौं मिनेटमै भारतले सुरुआती अग्रता लियो। ग्रेइस डान्गमेइले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई पाकिस्तानी गोलकिपर निशा असरफले बचाउने अवसर पाएनन्। १७औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो।

एकल प्रयासमै मनिशाले गोल गर्न सफल भइन्। उनलाई डिफेन्डरले समेत रोक्न सकेनन्। सुरुमै दुई गोलको अग्रता लिएपछि भारतले प्रेसिङमा चार खेलाडीलाई राखेको थियो। २८औं मिनेटमा चानु सोरोखाइबमको क्रसमा बालदेवीले हेडिङ गरेकी थिइन्। तर, ५० अन्तर्राष्ट्रिय गोलनजिक रहेकी बालको हेडिङलाई निशाले विफल पार्दिइन्।

३५औं मिनेटमा आफ्नै खेलाडीले दिएको ब्याक पासलाई निशाले समातेपछि नेपाली रेफ्री अञ्जना राईले इन्डाइरेक्ट फ्रिकक दिएकी थिइन्। जसमा बालादेवीले गोल गरिन्। योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा गोल संख्या हाफ सेञ्चुरीमा पु¥याइन्।

४३औं मिनेटमा भारतले अर्को गोल थप्यो। भारतीय खेलाडीले प्रहार गरेको बल पाकिस्तानी कप्तान मारिया खानलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो। तर, पहिलो हाफको इन्जुरीमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत टप कर्नरमा गोल गर्दै खेल ४–१ मा ल्याइन्।

दोस्रो हाफको सुरुमै कायल सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने संकेत देखाएकी थिइन्। ५८औं मिनेटमा बालादेवी मैदानबाट बाहिरिइन्। उनको स्थानमा ज्योती चौहान मैदान प्रवेश गरेकी थिइन्। ६१औं मिनेटमा पाकिस्तानले गोलअन्तर एकमा झार्ने मौका गुमायो। इरा खानको लामझ क्रसलाई दोस्रो बारनजिकक रहेकी जेमिना मलिकले पोस्टको दिशा दिन सकिनन्। ६४औं मिनेटमा नादिया खानको थ्रु पासलाई अमिना हानिफले सदुपयोग गर्न सकिनन्। उनको प्रहार फितलो रह्यो। ६८औं मिनेटमा पाकिस्तानले अर्को मौका खेर फाल्यो। मलिकको प्रहार माथि बारनजिकबाट बाहिरियो।

७८औं मिनेटमा भारतले पाँचौं गोल थप्यो। डालिमा छिब्बरको कर्नरमा वैकल्पिक खेलाडी ज्योतीले हेडरमार्फत प्रहार गरेको बलले सिधैं जाली चुम्यो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button