मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

पोखरा ।

हिमालपारीको जिल्ला प्रसिद्ध पर्यटकीय गन्तव्य मुस्ताङमाप्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमायहीकात्र्तिक २ गतेदेखि ८ गते सम्म साताव्यापी इन्टरनेसनल माउन्टन आर्ट फेस्टिभल हुँदैछ ।

महोत्सवमा नेपालकाश्रीजन राजकर्णिकार, एरिना ताम्रकार, हरेराम जोजू, एनबि गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीननाल्बो लगायत थाइल्याण्ड, पोल्याण्ड, रुमानिया, इन्डोनेसिया, ताइवान, र भुटानका १६ जनाकलाकारहरूलेहिमाली क्षेत्रमातत्स्थानीय सजीवचित्रकला र सिर्जनात्मक प्रस्तुतिदिने जनाइएको छ ।

महोत्सवमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीयचलचित्रमहोत्सवअन्तर्गत हुने फिल्मप्रदर्शनीले पर्वतीय समुदायको कथा र प्रकृतिको सौन्दर्यलाई सिनेमा माध्यमबाट प्रस्तुत गर्नेछ। फिल्मप्रदर्शनीले हिमालीजनजीवनको संघर्ष, सफलताकाकथार प्राकृतिक छटालाई पर्दामाउतार्नेछ, जसले दर्शकलाई हिमालीजीवनशैलीको अनभिज्ञ पक्षहरूसँग जोड्नेछ ।

हिमालीक्षेत्रको भूगर्भीय विशेषतामहोत्सवको अर्को आकर्षण हो । फोसिल हन्ट र स्टोन आर्ट कार्यक्रमले पुरानाजीवाश्महरूको खोजी र त्यसमाआधारित कलासिर्जनालाई प्रोत्साहित गर्नेछ । हिमालीक्षेत्रको समृद्ध इतिहास र भूगर्भीय महत्वलाई कलात्मक रूपमा प्रस्तुतगर्नु यसको उद्धेश्य हो ।

महोत्सवमा संस्कृति र परम्परालाई जीवन्त राख्न स्थानीय सङ्गीत, नृत्य र साँस्कृतिककार्यक्रमहरू पनि राखिएको छ । स्थानीय र अन्तर्राष्ट्रिय संगीतकारहरूले हिमाली क्षेत्रको शान्तवातावरणमा साँगीतिक प्रस्तुतिदिँदै ध्वनिउपचार जस्तो पारम्परिक विधिको उपयोगले मानसिक र शारीरिक सन्तुलनको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्ने छन् ।

मुस्ताङ आर्ट प्रोजेक्टद्वारा आयोजितमहोत्सवमामुख्यप्रायोजकहरूमा रेडहाउस लज र थाङविल्ला रहेका छन् । महोत्सवलाई युरोपियनयुनियनले सहयोग गरेकोे छ । मुस्ताङको प्राचीन साँस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आयोजनागरिएको यो महोत्सवले नेपाललाई विश्व साँस्कृतिक क्षेत्रमा स्थापित गर्ने अभिप्राय राखेको छ ।

महोत्सवले हिमालीजीवनशैली, प्राकृतिक सौन्दर्य र साँस्कृतिकविविधताको महत्वलाई कलाको माध्यमबाट उजागर गर्दै स्थानीय पर्यटनलाई प्रोत्साहन गर्न,अन्तर्राष्ट्रिय स्तरमा नेपालीकला र संस्कृति प्रस्तुतगर्न, मुस्ताङ क्षेत्रलाई थपलोकप्रियबनाउन महत्वपूर्ण भूमिकाखेल्ने जनाइएको छ ।

महोत्सवले स्थानीय स्तरमा रोजगार सिर्जना गर्न, साँस्कृतिक सम्पदाको संरक्षणमा टेवा पु¥याउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको साँस्कृतिकपहिचानलाई मजबुतबनाउन सक्ने सम्भावना रहेको छ । प्रकृति, संस्कृति र कलालाई एउटै मञ्चमा प्रस्तुतगर्दा मानव र प्रकृतिको अनन्त सम्बन्धलाई अझ मजबुतबनाउन मद्दत पु¥याउने आयोजकले जनाएको छ ।

प्रकृति, संस्कृति र सिर्जनशीलतामिश्रित अद्वितीयमहोत्सवले मुस्ताङलाई सिंगो विश्वको साँस्कृतिक केन्द्रको रूपमाचिनाउन मद्दत गर्नेछ । यो महोत्सव नेपालकालागिमात्रनभइ समग्र विश्वकाकला प्रेमीहरूकालागि प्रेरणाको स्रोत बन्न सक्ने दावीआयोजकको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button