पोखराको बुद्धचोकमा रहेको स्केटपार्कमा आगलागी

पोखरा।
पोखरा महानगरपालिका वडा नंम्बर १० बुद्ध चोकमा रहेको द स्केट पार्कमा सोमबार राती आगलागी भएको छ ।
पोखरा जिरो कि.मि. बस्ने कृष्ण ढकाल र चाउथे बस्ने अनिल ढकालले संयुक्त रुपमा संचालन गरेको ट्रस र जस्ता पाताले बनेको तथा बाँसले बारेको द स्केट पार्क प्रा.लि.मा अचनाक बिद्युत लाईन सर्ट भई आगोलागी भएको हो ।
द स्केट पार्क पूर्णरुपमा जलि क्षेति भएको छ । उक्त आगो वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी, दमकल र स्थानियको सहयोगमो पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
आगोलागीबाट स्केट जुत्ताहरु ६५० थान, कम्प्युटर ३ थान, ४३ ईन्चको टि.भी.१ थान, जेनेरेटर १ थान, ईनभटर ब्याट्री , सिसिटिमी क्यामेरा मोनिटर सहित स्केट जुत्ताका पार्टसहरु जलेर नष्ट भएका छन् ।