पोखरा उद्योग वाणिज्य संघले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले नेपालीहरुको महान पर्व बडादशैं, तिहार, छठ लगायतका पर्वहरुको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

संघको गैह्रापाटनस्थित हलमा आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित कार्यसमिति, पदाधिकारीर सदस्यहरु र सदस्यहरुको उल्लेख्उ उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सामाजिक विकास मन्त्री विन्दु कुमार थापा, मन्त्रीहरु, सांसद, पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ, आनन्दराज मुल्मी, निवर्तमान अध्यक्ष पवन प्रजापतिको उपस्थिति रहेपनि अन्य पूर्व अध्यहरुको उपस्थिति थिएन ।

सो अबसरमा संघका अध्यक्ष गोकर्ण कार्किले संघका नयाँ नेतृत्व आईसकेको र यसले आफुलाई व्यवसायीकै हकहितका काममा लाग्न प्रण गरेको बताए ।

कार्किले साना, कुटिक उद्योग, मझौला तथा ठूला उद्योगहरु भएको पोखरामा अब यत्तिले मात्रै नपुग्ने भएकोले आर्थिक चलायमान बनाउन उद्यमशिलताको विकासमा जोड दिने, टोल टोलका समाजघरमा कोशेली घरको अवधारणामा जानुपर्ने र उत्पादनमा जोड दिए । उनले सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषिलाई जोड दिए ।

महासचिव शोभा गौतमले संचालन गरेको कार्यक्रमको समापनमा वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सहभागि सबैलाई आधार व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button