नेवाः खलः कास्कीद्वारा न्यायाधिश श्रेष्ठ र पोउवामा नेवार समुदायबाट निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मान

पोखरा ।

नेवाः खलः कास्कीले नेवारी समुदायबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा नेवारी संस्कार, संस्कृतिमाथि बिचारमन्थन् गरेको छ ।

शनिबार पोखरामा, नेवार समुदायको साझा सांस्कृतिक भवन नेवा क्षे मा आयोजना गरिएको कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधिश मेरिना श्रेष्ठ, नेवारी समुदायबाट पोखरा उद्योग वाणिज्य संघको विभिन्न पदमा निर्वाचित भएकाहरुलाई सम्मान तथा वधाई ज्ञापन गरिएको हो

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा मिसा पुचःका कास्कीका अध्यक्ष संगीता बज्राचार्य र विभन्न टोलका पुचहरुले न्यायाधिश श्रेष्ठलाई देसल्ला तथा फेटा, माला लगाएर सम्मान गरे

नेवारी समुदायबाट पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका उत्तममान बुद्धाचार्य, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र उपमहासचिवमा सुदिप प्रधानाङ्ग विजयी भएका छन् । यस्तै सदस्यहरुमा देवेन्द्र प्रजु, प्रदिप राजभण्डारी, जिवनप्रकाश श्रेष्ठ र नविन नापितलाई नयाँ कार्यकालको लागि शुभकामना व्यक्त गर्दै सम्मान गरिएको हो।

सम्मान ग्रहण गरिसकेपछि उच्च अदालत पोखराका न्यायाधिश मेरिना श्रेष्ठले आफुलाई पोखरामा सम्मान गरिएकोमा आभार व्यक्त गरिन् ।

नेवार समुदाय प्राचिन कालदेखिनै उद्यमशिलतासंग जोडिदै र प्रशासनिक क्षेत्रमा आफ्नो दखल प्रस्तुत गर्दै आएको समुदाय हो । न्यायाधिश श्रेष्ठले भनिन्, अहिले विश्वव्यापिकरण, सुगमता, रोजगार विभिन्न कारणले मौलिक पक्षहरुमा कमि भईरहेको महशुस गरेको बताईन् ।

म डोटीको मान्छे । नेवारी वस्ति भएको ठाउँमा अहिले सिमित बुढापाका बाहेक अरु कोहि छैनन् । पहिले भाषा, संस्कार र संस्कृति थियो अहिले सबै हराएको अवश्थामा रहेको छ । न्यायाधिश श्रेष्ठले भनिन्, पोखरामा रहेको नेवारी समुदायको साझा संस्था नेवाः खलः बाट सिक्नुपर्ने धेरै कुरा रहेछन् । आफ्नो भाषा, कला, संस्कार र संस्कृतिप्रति भईरहेको प्रवर्धनको कार्य लोभ लाग्दो भएको बताईन् । उनले भनिन्, कार्यक्रमबाट मलाई केहि उर्जा मिलेको छ । अब म मेरो रिटार्ड लाईफ आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्नामा बिताउने प्रण गर्दछु ।

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले निर्वाचति सबैको तर्फबाट बोल्दै आफ्नो कार्यकालमा व्यावसायीक हितकै लागि काम गर्ने र अग्रजको सल्लाह अनुसार अगाडी बढ्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले नेवारी समुदाय परापूर्वकाल बाटै आर्थिक उन्नतिसंग जोडिएको बताए । हामी कृषि पेशामा आवद्ध हुँदै आयौं र व्यापार पनि गर्दै आयौं । अहिले कृषिमा पनि कम लगाव रहेको छ । बरु विदेशतिर जान लागेको अवश्था छ ।

पहिले छोराछोरीहरु विदेश जान लाग्दा छोराछोरीहरु रुन्थे र आमा बाबा अब कमाएर ल्याउँछन् भनेर खुसिले गद्गद हुन्थे तर अहिले छोराछोरीहरु हास्दै विदेश लाग्दा आमा बाबाहरु एयरपोर्टमा रुवाबासि गर्दछन् । हामीले आफ्नोपनलाई भुल्यौं र अरुकै नक्कल गर्न थाल्यौं जस्को परिणाम अहिले देखिएको छ । मत भन्छु आफ्नो भाषा, संस्कृति र संस्कारहरु जोगाउन सकिएन भने यीनै कुराहरुले धनी बनेको देशको अस्तित्वमाथि प्रश्न उठ्न सक्छ । श्रेष्ठले आफु प्रतिष्ठानमा गएपछि पोखरा र गण्डकी प्रदेशको कला, संस्कार र संस्कृतिको पक्षमा डटेर काम गरिरहेको बताए ।

कार्यक्रममा सहभागिहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठले स्वागत गर्दै भाषिक, सांस्कृतिक विविधता, पेशा व्यवसाय र प्रशानिक क्षेत्रमा नेवारी समुदायको अब्बल उपस्थिति रहँदै आएको बताए । मल्ल कालदेखि नै आर्थिक उन्नति र उद्यमशिलताको विकासमा रहँदै आएको नेवारी समुदाय अहिले पहिलेको जस्तो छ कि छैन भनेर प्रश्न उठेको बताए । देशका ठूला दलहरुकै कुरा गर्ने हो भने पार्टी स्थापना गर्ने राजनीतिक सोच भएका ठूला नेताहरु नेवार नै थिए । तर हिजोआज त्यस्तो अवश्थामा कमि भएको छ ।

नेवा मिसाः पुचः की अध्यक्ष संगीता बज्राचार्यले हरेक संघर्षबाट सफलता प्राप्त हुने भएकोले कर्ममा लागिरहनुको विकल्प नभएको बताईन् । उनले पोउवाका निर्वाचित हुनेहरुलाई महिलालाई उद्यमसिलता कसरी जोड्न सकिन्छ र स्वरोजगार बनाउनका लागि कस्तो भूमिका निर्वाह गर्नुपर्छ त्यसको लागि समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिईन् ।

संस्थाका महासचिव श्रीकृष्ण कतिलाले संचालन गरेको कार्यक्रमका अध्यक्ष, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदायबाट उच्च अदालत पोखरामा न्यायाधिश भएर आएकी न्यायाधिश मेरिना श्रेष्ठ र नेवार समुदायबाट वरिष्ठ उपाध्यक्षसहित सात जनाको उपस्थितिका लागि वधाई ज्ञापन गरे ।

पालिखेले न्यायाधिश श्रेष्ठले आफ्नो कला, संस्कृतिको संरक्षण् र प्रवर्धनलाई निरन्तरता दिनुपर्ने र नयाँ पुुस्तामा हस्तान्तरण गर्दै जानुको विकल्प नभएको बताउनु र रिटार्ड भएपछि आफ्नो भाषा, संस्कृतिको क्षेत्रमा काम गर्ने प्रण गर्नु सुखद् तथा प्रेरणादयी भएको बताए । अध्यक्ष पालिखेले अहिले युवाहरु धेरै अग्रसर भएका र उनीहरु कला, संस्कृतिको प्रवर्धनमा उत्साहि भएर लागेको बताए ।

सो अवसरमा पालिखेले पोउवाको निर्वाचनमा विजयी भएका नेवार समुदायका ७ जनालाई वधाई दिदै साख गिरेको संघलाई माथि उठाउने काम तपाँईहरुको हो भने । गएका ५, ६ अध्यक्षहरुको पालाबाट संघ दिदिनै तलतिर गिरीरहेको बताउदै उनले अग्रजले खेलेको भूमिकालाई नभुल्न र नाजुक अवश्थामा पुगेको संघलाई माथि उठाउन सुझाए ।

अहिले हाम्रै समुदायमा काम नगर्ने, व्याज र बहाल खानेमा देखिएका छन् । यो दुखद् पक्ष हो । पालिखेले भने, खोई उद्यमशिलता रु सबै जनाले मिलेर काम गर्नुपर्छ । होईन भने तपाँई विजेताहरुको पत्तासाफ हुन्छ । उहिले सिडिओ अफिसमा मिटिङ भए वा अन्य क्षेत्रमा बैठकहरु भएको खण्डमा संघको उपस्थिति भएन भने मिटिङ नै बस्न सक्दैनथ्यो । तर अहिले कसैले संघलाई टेर्दैन गन्दा पनि गन्दैन भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button