बालबालिकाका लागि पोषण आहारको आवस्यकता
लेखनाथ ।
बालबालिकाको स्वास्थ्य र प्रकृतिको सुसार,दिगो विकासको मुख्य आधार भन्ने उदेस्यका साथ स्थापना भएको कञ्चनले बालबालिकाका लागि पोषण आहारको आवस्यकताका बारेमा सचेतना गराएका छन् ।
सस्थाले समाजीक उत्तरदाईत्व अन्तरगत पोखरा २६ मा रहेको रिलायन्स पब्लिक स्कुलका विद्यार्थी र पोखरा २६ मै रहेको सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका बृद्ध बृदाहरुलाई पोषण आहारको आवस्यकताका बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदिपराज ढुगानाले निरोगी जनशत्ति निर्माणका लागि हाम्रो आहार विहार स्वच्छ र पोषण युक्त हुनु पर्नेमा जोड दिदै हामीले प्रयोग गर्ने जंङ्ग पुडले नजानीदो तरिकाले शरिरलाई कमजोर बनाई रहेकाले अभिभावकहरुले पोषण युक्त खानालाई मात्र स्थान दिनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडा सचिव लिलामणि भण्डारीले समृद्ध वडा बनाउनका लागि बालवालिकाको क्षेत्रमा काम गर्ने सस्थाको खोजीमा वडा रहेकाले अवका दिनमा कञ्चन र वडा कार्यालयका विच सहकार्य गरेर अगाडी वढ्न सकिने विश्वास ब्यत्त गरेका थिए ।
सस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका सस्थापक अध्यक्ष भीमपाणि बराल, उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतम,लोक सास्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेना र रिलायन्स पब्लिक स्कुलका निर्देशक कमल रानाभाट लगाएले कुपोषण र वालवालिकामा देखिएको मोवाईलको तललाई जति सक्दो कम गराउनु पर्ने आवस्यकता औल्याएका थिए ।
सहयोगी सस्था कञ्चनका सचिव सागर सुनुवारले सस्थाको उदेस्य र भावी योजनाका बारेमा जानकारी गराएका थिए भने सस्थाका कोषाध्यक्ष सुदिप गुरुङले स्वागत र सदस्य मञ्जु तिवारीले संचालन गरेकी थिईन । सोही अवसरमा सस्थाका सदस्य दिपिका थापा,लक्ष्मी परियार र रिचु घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।