दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौ ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरे को छ । प्रहरी प्रधान कार्यालय साइबर अपराध ब्युरो ले े प्रसाईंविरुद्ध विद्युतीय कारो बार ऐ नको कसुरमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको
ब्युरो का प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालले जानकारी दिनुभयो ।

प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँ ले ब्युरोलाई अनुमति दिएको छ । प्रसाईंविरुद्ध एक महिलाले आफ्नो चरित्रहत्या गरे को भन्दै साइबर ब्युरोमा लिखित उजुरी दर्ता गराएको पनि अर्यालले जानकारी दिनुभयो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक  बचाऊ महाअभियानका नाममा विभिन्न गतिविधि गर्दै आउनुभएका प्रसाईंले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिमाथि मिथ्या अरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएको भनी उजुरी परे का छन् ।

साइबर अपराधको कसुरमा ब्युरो ले प्रसाईंसहित युट्युब सञ्चालक बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध
काठमाडौँ जिल्ला अदालतबाट गत बुधबार पव्रmाउ अनुमति लिएको थियो ।

पक्राउ पुर्जीसहित निवासमा पुगेको प्रहरीलाई प्रसाईंले घरभित्र प्रवेश गर्न नदिई आफू बाहिर निस्कन इन्कार गरे पछि प्रहरीले पर्खाल नाघेर घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button