कोरला नाकामा पु¥याइयो विधुत् र टेलिफोन, दसैँअघि नै अध्यागमन कार्यालय स्थापना गर्ने तरखर

म्याग्दी ।

उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा दसैँ अघिनै अध्यागमन कार्यालय संञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । हालै नाकासम्म केन्द्रीय प्रशारण लाइनको विधुत र नेपाल टेलिकमको इन्टरनेटसहित मोवाइलको सेवा पु¥याइएको छ ।

यकिन मिति तय नभएपनि दसैँअघि नै कोरला नाकामा अध्यागमन कार्यालय संञ्चालन गर्ने गरी काम भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुने गरी प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भइसकेको छ ।

सोही भवनमा केन्द्रीय विधुतीकरण गरिएको हो । भवन गण्डकी प्रदेश सरकारले निर्माण गरेको हो । त्यसैगरी यही हप्ताभित्र नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोवाइल सेवा पनि सञ्चालनमा आउने मुस्ताङ प्रशासनले जनाएको छ ।

‘कोरला नाकामा अध्यागमन कार्यालय खोल्न तयारी अन्तिम चरणमा छ । अध्यागमन कार्यालय भवनमा विधुतीकरण भइसक्यो, इन्टरनेटसहित संञ्चार सुविधाका लागि भवनमा इन्टरनेट वायरिङ गर्ने काम भइरहेको छ, उपकरणहरु सेट अप गर्ने काम चलिरहेको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने ।

उनका अनुसार कोरलामा अध्यागमन कार्यालय खोल्ने तयारी करिव पूरा भएको छ । कार्यालय स्थापना गरी सञ्चालन गर्ने विषयमा गृह मन्त्री रमेश लेखकको समय व्यवस्थापनका लागि कुरा भइरहेको र तुरुन्तै कार्यालय स्थापना गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङका अनुसार कोरला नाकामा इन्टरनेट सहित नेपाली संञ्चार सुविधा पु¥याउन टेलिकम बाग्लुङबाट गएको टोलीले लोमन्थाङ गाउँपालिका–१ छोसेरको माथि नेचुङ डाँडामा टावर स्थापना गरेको छ ।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दसगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डीपीआर) बनाएको थियो । सोही डीपीआर कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा विधुत र संञ्चार सुविधा पु¥याइएको हो ।

चीनियाँ पक्षले भने दसगजा छोडेर आधुनिक सूचाना प्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिसकेको छ ।

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित सिल बोर्डर कोरोला नाका ०८० कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाकाको औपचारिक उद्घाटन गरेका थिए ।

नेपाल–चीनबीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने खुल्ला भए पनि कोरोला नाकामा अहिले सन् १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ ।

नेपाली अध्यागमन स्थापना भएपछि सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन् । ’जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र ब्यापारका लागि कोरला सीमा नाका वारपार गर्न पाउँछन् । नेपाली अध्यागमन कार्यालय संञ्चालनमा आएपछि सबै नेपालीलाई पास लिएर सीमा वारपार गर्न पाउने छन्,’ पन्तले भने, ‘अहिले कोरला नाका क्षेत्रमा नेपाली ब्यापारीले त्रिपाल राखेर उताको सामान यता ल्याइ ब्यापार गरिरहेका छन् ।’

गण्डकी प्रदेशको लाइफलाइन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भइरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भइरहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button