अनेमसंघ (क्रान्तिकारी) गण्डकीको सम्मेलन सुरु

संविधान रक्षाका लागि क्रान्तिकारी महिलाहरु अग्रमोर्चामा रहनूस ः नेतृ भुषाल

पोखरा ।

नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फाभुषालले संविधानको रक्षा र कार्यान्वयनकालागिअखिलक्रान्तिकारी महिलाहरु सचेत र सजग रहनअपिल गरेकी छिन्।

अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेशको पोखरामा सुरु प्रथम सम्मेलनलाई सम्बोधनगर्दै भुषालले संविधान माथि चुनौति थपिएको उल्लेख गरिन्।

पार्टीकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी भुषालल जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त संविधानबारे बेमौसमको बाजा बजाइन थालेको भुषालको आरोप छ।

उनले भनिन्, ‘जनयुद्ध र जनआन्दोलन का जगमा प्राप्त संविधानको कार्यान्वयन र रक्षाकालागि गण्डकी प्रदेशकाअखिल क्रान्तिकारी महिलाहरु अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त छु।’ आर्थिक समृद्धि र सामाजिक न्यायका लागि माओवादी केन्द्र प्रतिबद्ध रहेको उनले बताइन्।

माओवादी पार्टी आर्थिक क्षेत्रमा भ्रष्टाचारलाई निरुत्साहित गराई शुशासन कायम गर्ने पक्षमा रहेको प्रष्ट पारिन्। भ्रष्टाचारको कारवाही प्रकृयालाई अगाडि बढाउन खोज्दा विचौलिया र दलालका नाइकेहरुबाट ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई अपदस्त गरेको उनले सुनाइन्।

उनले भनिन्, ‘भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, सहकारी काण्ड आउन थाल्यो र ति काण्डहरुमा मुछिएका भ्रष्ट, दलाल, विचौलिया र कमिशनखोरहरु माथि कारवाही हुन थाल्यो। तब, बुढानिलकण्ठ, बालकोटतिर दौडधुप र चलखेल हुन थाल्यो। त्यसपछि, माओवादी नेतृत्वको सरकारलाई अपदस्तगरियो।’

भ्रष्टाचारीहरुलाई दायाँ–वायाँ राखेर हालको ओली सरकार बनेको उनको आरोप छ। वर्तमान ओली सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने नेतृ भुषालले आरोप दाबीगरिन्।

अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापा मगरले सम्मेलनमा सहभागी महिलाहरुलाई अग्रगमनका पक्षमाअग्रमोर्चामा रहन अपिल गरिन्।
अनेमसंघ (क्रान्तिकारी) ले स्थापनाकालदेखि नै महिला माथि हुँदै आएको आर्थिक, सामाजिक र साँस्कृतिक विभेद विरुद्ध आन्दोलित रहेको उल्लेख गरिन्।

‘देशको हरेक परिवर्तन हरुमा महिलाहरुको उल्लेख भूमिका हुँदाहुँदै पनि देशमा पश्चगामी हावाहरु चल्ने क्रमजारी छ। यस्ता षडयन्त्र र चलखेललाई रोक्न क्रान्तिकारी महिला शक्तिहरुले संघर्षलाई थप उचाईमा लैजानु पर्नेछ’, नेतृ थापाले भनिन्।

पार्टीको गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले देशको ठूला–ठूला आमूल परिवर्तनहरुमा नेपाली महिलाहरुको सशक्तभूमिका रहेको उल्लेख गरे।

उनले थपे, ‘महिलाहरु क्रान्तिकारी शक्ति हुन्। महिलाहरु क्रान्तिका संवाहक हुन्छन्। परिवर्तनका आन्दोलन र जनयुद्धमा महिलाहरु नै अग्रमोर्चा मा थिए। ति महिलाहरु क्रान्तिकारी शक्तिथिए। क्रान्तिकारी शक्ति जन्माउने पनि महिलाहरु नै हुन्।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद शुशिला सिंखडा, नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, तनहुँ जिल्ला इञ्चार्ज आशा कोइराला, बागलुङ जिल्ला इञ्चार्ज बलावती शर्मा, अखिल नेपाल बुद्धिजीवी संगठनका रामचन्द्र भण्डारी लगायतले सम्बोधन गरेका थिए।

सो अवसरमा गण्डकी प्रदेश मातहतका अनेमसंघ (क्रान्तिकारी)का जिल्ला संस्थापकहरु लाई दोसल्ला र सम्मानपत्र द्धारा सम्मान गरिएको थियो।

हरिकला मरासिनी (बागलुङ), मञ्जु खनाल (कास्की), लिला भट्टराई (लमजुङ), सिर्जना गैरे (नवलपुर), चिनिमाया श्रेष्ठ (तनहुँ), सम्झना कुमाल (स्याङ्जा) यामकुमारी पुन (म्याग्दी), पुष्पा कुमाल (गोरखा), सम्झना अर्याल (स्याङ्जा) लाई सम्मान गरिएको हो।

त्यस्तै, जेलब्रेकरहरु कमला नहर्की, निता बि.क. र सञ्जु अर्याललाई सम्मानगरिएको थियो। सम्मेलनले अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेश पदाधिकारी र सदस्यसहितको नयाँ कार्यसमिति गठन गर्नेछ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button