लायन्स क्लबको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने
काठमाडौं ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामापहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताहुने भएको छ ।
असोज ४ र ५ गते पोखरा रंगशालामाहुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरुले भागलिँदैछन् । यो प्रतियोगितालायन्स क्लबको आयोजनामापहिलोपटक हुनलागेको डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापाले जानकारी दिइन् ।
प्रतियोगिताको सम्पूर्ण प्राविधिकपक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपालक्लबले लिएको छ । प्रतियोगिताको पहिलो दिनअसोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन ५ गते प्रतियोगिताहुने डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफलायनअनिलकुमार बरालले जानकारी दिए ।
प्रतियोगितामापहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदानगरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदानगरिने चिफपिआरओ लायन रामराजाथापाले बताए । खेलको संयोजन भने लायन्स क्लबअफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लबअफपोखराले गरिरहेका छन् ।
समाजसेवामा सक्रियलायन्स क्लबले युवाशशक्तिकरणमा जोड दिँदै मोटर स्पोर्टस्को प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट स्पोर्टस् को चिफलायनशिवश्रेष्ठले जानकारी दिए ।