पोखरा इन्जिनियरिङद्वारा फेवा किनारमा ुदोस्रो सडक आर्किटेक्चर शोधकार्य प्रदर्शनी

पोखरा ।

विभिन्न प्रकारका रोचक र समयसान्दर्भिक वास्तुकला सम्बन्धि संरचनाहरुको नमुना अर्थात आर्किटेक्ट डिजाईन प्रदर्शन गर्दै पोखराको फेवा किनारमा दोस्रो सडक आर्किटेक्ट शोधकार्य प्रदर्शनी २०२४ सम्पन्न भएको छ । पोखरा ईन्जिनियरिङ कलेजको आयोजनामा भएको प्रदर्शनीमा पोखराका प्लस टु साइन्स र प्लस टु ओभरसियर अध्यापन गराइने करिव डेड दर्जन विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

दोस्रो पटक आयोजना गरिएको सडक आर्किटेक्ट शोधकार्य प्रदर्शनीको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङले गरेका हुन् । उनले प्रदर्शनीको अवलोकन समेत गरेका थिए । शोधकार्य अवलोकनपश्चात मन्त्री गुरुङले गण्डकी सहित सिङ्गो नेपालको प्रमुख आर्थिक गतिविधिमा पर्यटन पर्ने भएकाले अबका ईन्जिनियरहरुले आर्टिटेक्ट डिजाईन गर्दा नेपालको मौलिक पहिचान झल्कने वास्तुकलालाई जोड दिनुपर्ने बताए ।

उनले नेपालको प्रमुख पर्यटकीय आकर्षणका रुपमा प्राकृतिक सम्पदा र वास्तुकला रहेको बताउँदै अब संरचनाहरु बनाउँदा प्राकृतिक सम्पदा र मौलिक पहिचान जोगाउदै आर्किटेक्टलाई उत्पादन र रोजगारी सँग जोड्नुपर्ने बताए । साथै उनले पोखरा ईन्जिनियरिङ कलेजमा उत्कृष्ट प्राध्यापकहरुबाट आर्किटेक्ट पढाई हुने भएकाले गण्डकी प्रदेशका विद्यार्थीहरु आर्किटेक्ट अध्ययनका लागि बाहिर जानुनपर्ने बताए ।

साथै उनले आजको शोधकार्यमा नयाँ–नयाँ डिजाइन देखिएको बताउँदै सो डिजाइनहरु वास्तविकतामा परिणत हुनुपर्नेमा जोड दिए । पोखरा ईन्जिनियरिङ कलेजका विभागीय प्रमुख तथा आर्किटेक्ट समिक्षा कँडेलले कार्यक्रममाथी प्रकाश पार्दै शोधकार्यको प्रदर्शन केवल औपचारिकता मात्र नभई विद्यार्थीहरुमा रहेका विचारहरुको विविधता प्रस्फुटन गर्ने अवसरका रुपमा भएको बताईन् ।

उनले अघिल्लो पटक पनि फेवा किनारमा सडक आर्किटेक्ट प्रदर्शनी गरिएको र धेरैजना विद्यार्थीहरु रोजगारीमा समेत जोडिएको स्मरण गर्दै यो मौलिक वास्तुकलालाई आधुनिक र कलात्मक ढंगबाट कसरी तयार गर्न सकिन्छ भनी विचार र अवधारणा प्रस्तुत गर्ने थलोको रुपमा उल्लेख गरिन् ।

प्रदर्शनीमा प्लस टु साइन्स र प्लस टु ओभरसियर अध्यापन गराइने पोखराका करिव डेड दर्जन विद्यालयका विद्यार्थी, कन्सल्टेन्सी, निर्माण कम्पनी साथै सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि गरि पच्चिस सय बढीले उक्त प्रदर्शनीको अवलोकन गरेको प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए । विद्यालयका निर्देशक अम्बर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रिन्सीपल ईन्जिनियर सोम गुरुङ र सञ्चालन विद्यार्थीद्धय लीना तिलिजा र देविका थापाले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button