युनाइटेड क्लव पोखराद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन
१३ औं पोखरा महोत्सव पुुषको अन्तिम साता
पोखरा ।
युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो ।
जस अन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद ब्यवस्थापन उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष सूूर्य बहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य विष्णु कुमार गुरुङ, महिला उपसमिति संयोजकमा कार्य समिति सदस्य शान्ति सुवेदी र युवा उपसमिति संयोजकमा कार्यसमिति सदस्य बुद्ध कार्की चयन भएका छन ।
त्यसैगरी क्लबले निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, रमेश वहादुर कार्की, राजेन्द्र बहादुर थापा, शुशिलराज पराजुली, लिलाधर अधिकारी र गोबिन्द घिमिरेलाई सल्लाहकार चयन गरेको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।
क्लबको बैठकले १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुुषको अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ ।