‘सुत्केरीको व्यथा उनैलाई थाहा हुन्छ, व्यवसायीको व्यथा कम गर्ने इच्छा छ : अध्यक्षका प्रत्यासि कार्कि
पोखरा, २६ भदौ ।
पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा विभिन्न पदको उम्मेदवार बनेका व्यवसायीहरुले आफ्नो प्रचारलाई तिब्र बनाएका छन् ।
बिगतको जस्तो घरदैलो कम तथा अँझ बढी समयानुकल प्रविधिको माध्यमलाई प्रचार र व्यवसायीबीच छिटो पुग्ने माध्यम बनाएका छन् ।
अब निर्वाचनका लागि भौतिक उपस्थिति मात्रै पर्याय बनाईनु हुँदैन । अझैं पनि हामी पुरातन शैलीलाई अपनाउने र एआईको जमानसम्म आईपुग्दा प्रविधिबाट टाढियौं भने पछि परिने संघमा २०५५ साल देखि निरन्तर अनुभव बटुलेका पाका अध्यक्षका दाबेदार गोकर्ण कार्किले बताए ।
चुनावकैबीचमा मलाई डेंगुको संक्रमण भएपछि एक हप्ता अस्पतालमा रहनु पर्यो । अझैं पनि पहिलेको जस्तो स्फुर्ति आईसकेको छैन । कार्किले भने, स्वास्थ्यको कारण प्रचारको लागि भौतिक उपस्थितिलाई कम र प्रविधिको उच्चतम प्रयोग गरेको बताए ।
काममा इमान्दारीता, व्यवसायीसंगको सन्निकटता, निरन्तरता, सहनशिलता, परेको बेला व्यवसायीको अभिभावकत्व ग्रहण गर्ने मेरो लगाव संघमा रहेदेखिनै कायमै राखेको छु यो म बाचुञ्जेल कायम राख्रनेछु ।
२०४९ सालदेखि २२ वर्षको कलिलो उमेरमा उद्योग स्थापना गरेर उद्योगी बनेका कार्कि हालसम्म निरन्तर लागिरहेका छन् । राष्ट्रिय, अन्तराष्ट्रिय विभिन्न सामाजिक संस्थाहरुका विभिन्न तहमा रहेका कार्किसंग यूरोप, अमेरिका, जापान लगायतका ९ वटा देशका व्यावसायिक प्रतिष्ठानहरुको उत्पादन र विकास अनि वजारिकरणको अनुभव रहेको छ ।
बोल्ने कम र काम गर्ने मेरो स्वभाव हो । यसअघिका निर्वाचनहरुमा मलाई आकर्षक मत दिएर संघमा पठाएका प्यारा व्यवसायीहरुले यसपटक स्वभावतः क्रमानुसार र प्राकृतिक न्यायको सिद्धान्त अनुसार अध्यक्ष बन्ने पालो पनि वरिष्ठ उपाध्यक्ष पछि मेरो नै रहेकोले मलाई अध्यक्षको पदमा पुर्याउनेमा ढुक्क रहेको बताए ।
सुत्केरीलाई लागेको व्यथा उनैलाई मात्र थाहा हुन्छ । उद्योगी भएकोले उद्योगी र व्यवसायीको व्यथा मलाई राम्ररी थाहा छ । त्यसैले म एउटा कार्यकाल संघमा गएर इतिहास बनाउन चाहन्छु । बोलेर नभई काम गरेरै देखाईदिने मेरो चाहना रहेको कार्किले बताए ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा उद्योग संघले आयोजना गरेको व्यवसायीसंगको छलफल कार्यक्रममा उनले मेक इन नेपाल, मेड इन नेपाल अर्थात नेपाली उत्पादन र बजारिकरणबीना आर्थिक उन्नति गर्न नसकिने भएकोले ध्यान यसतर्फ भएको बताए ।
हामी पुनः कृषि उत्पादन अहिलेको भन्दा दोब्बर गर्नेगरी लाग्नुपर्छ । चक्लाबन्दि वा एकिकृत कृषि क्रान्ति र पर्यटनका लागि तत्पर हुनुपर्छ । स्थानीय उत्पादनका लागि स्थानीय सरकारसंग साझेदारी गर्नुको बिकल्प छैन । साझेदारीकै कुरा गर्दा पोखरा महानगरपालिबाट सुरु भइसकेको बताए ।
उनले पोखराको द्रुत आर्थिक क्रान्तिका लागि सुख्खा बन्दरगाह बनाउनु पर्ने, बसपार्कहरुको निर्माण, नयाँ औद्योगिक क्षेत्रको बिस्तार तथा त्रिवेणी देखि कोरला राजमार्गलाई पूर्ण रुपमा संचालनको आवश्यक्ता औंल्याए ।
अन्तराष्ट्रिय एयरपोर्ट बनिसकेको र आन्तरीक उडानमा मात्रै सिमित नराखि अन्तराष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउदै आवश्यक परे व्यवसायिक दबाब दनि पछि नपर्ने उल्लेख गरे ।
कार्यक्रममा पोखरा यूनाईटेड क्लवका पूर्व अध्यक्ष हिमालय बख्रेलले कार्किको बहुआयामिक व्यक्तित्वका बारेमा परिचय गराएका थिए ।
संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, उद्योग संघका सल्लाहकार विनोद शर्मा, युवा व्यवसायी मोहनबाबु खड्का लगायतले सिंगो औद्योगिक क्षेत्र, त्यहाँ रहेको संघ कार्किलाई अध्यक्षको पदमा पुर्याउन आत्तुर रहेको बताए । सो कार्यक्रम उद्योग संघका अध्यक्ष रुद्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
यसैबीच अध्यक्षका प्रत्यासि कार्किले बुधबार महेन्द्रपुल वरपरका व्यवसायीसंग भेटघाट तथा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।