नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र।सं।१४ का साथमा चुनावी मैदानमा होमिएका थापा कान्छा उम्मेदवार हुन् ।

चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सिमित हुन्छन् । थापा भने यसपाली नारामा युवा पटकपटक नेतृत्वमा युवा यस पटक भन्दै मत मागिरहेका छन् ।

शनिबार पोउवासंघमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले उद्योग वाणिज्य संघको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यक्ता रहेको उल्लेख गरे । युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको भनाई उनको छ । यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टीममा रहि अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीहरुका कयौँ समस्या र नीतिगत रुपमा भएका अपठ्याराहरु नजिकबाट महशुस गरेको बताए ।

उनले बुवा विन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए ।

बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् । त्यसैले त अहिले उनले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन ।

भन्छन, “ सोचेको ठुलो काम गर्नुछ भने त्यो समुहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टिमको विश्वासमा यहाँहरुका अगाडी उभिएको छु । अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टिमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ । अर्जुन पोखरेलको टिम कुनै गुटगत टिम होइन बरु उर्जाले भरिएका विभिन्न उमेर समुह र अनुभवका अनेक खुडकिलो पार गरेका व्यक्तिहरुको साझा टिम हो । हाम्रो शक्ति भन्नु नै तपाइहरु हुनुहुन्छ र हाम्रो एकता छ ।“

आफू र आफ्नो टीम सङ्ग स्पष्ट खाका र उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।

व्यक्तिका रुपमा कस्ले चुनाव जित्छ त्यो महत्त्वपूर्ण नभई कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button