पोउवाका अध्यक्षका प्रत्यासि कार्किले भने, निर्विरोध भएका साथीहरुलाई वधाई

पोखरा, २१ भदौ

हाम्रा केहि साथीहरु निर्विरोध निर्वाचित भईसकेका छन् । यो अति नै खुसिको कुरा हो । पोखराको व्यावसायीक क्षेत्रको जेठो साझा संस्थामा साझा मुद्धामा हामी एकाकार भएर काम गर्दै आईरहेका छौं । कठिन परिस्थितिसंग जुध्दै, वकालत गर्दै व्यवसायीहरुकै बीचमा उहाँहरुकै मार्गनिर्देशन अनुसार अगाडी बढीरहेको छु ।

भर्खरै डेङ्गोको उपचार गरी घर फर्किएका पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासि गोकर्ण कार्किले भने, म अब पदमा जाने भनेको अध्यक्ष नै हो । स्वतः प्राकृतिक न्यायको सिद्धान्तलाई अंगिकार गर्ने हो भने र साथीहरुको हौसलाले म त्यो पदमा पुग्न सक्छु भन्ने कुरामा विश्वस्त रहेको छु ।

झण्डै तीन दशकदेखि पोखरा उद्योग वाणिज्य संघमा जोडिएर आएको छु । ३४ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बनाएका हाम्रा मतदातले स्वतः यसपाली तपाँई नै हो भनिरहनु भएको छ । आशा छ त्यो लग्क्ष्यमा मलाई पुर्याउनु हुनेछ ।

अग्रजले देखाएको बाटो, उहाँहरुले जोगाएको संघको साखलाई म कदापि कमि हुन दिनेछैन । २०५५ सालमा संघमा सदस्यको रुपमा प्रवेश गरेका कार्किले भने, अध्यक्ष पदको प्रत्यासि बनिरहँदा मैले हालसम्म आर्जन गरेको अनुभव, सामाजिक संस्थाहरुमा दिएको योगदान र देशविदेशको भ्रमणबाट सिकेको ज्ञानलाई व्यावसायीक क्षेत्रमा लगाउने दृढ ईच्छा छ ।

मेरो लक्ष्य कर्मठ र इमान्दार भएर व्यवसायीकै हकहित, सुख, दुःखको साथी बन्नु हो । उद्योगी, व्यवसायीहरुकै उत्थानको लागि अमनचयनका साथ व्यवसाय गर्न पाउने वातावरण निर्माणका लागि हातेमालो गरेर जानु हो । त्यसैले मलाई ३१ औं, ३३ औं र ३४ औं महाधिवेशनका दिनु भएको माया यसपटक अध्यक्षका लागि पाउछु भन्नेमा पूर्ण रुपमा विश्वस्त भएको छु ।

मैले गर्न सकिने कुराहरु मात्रै गरेको छु । मेरो ११ बुँदामा समेटिएका कुराहरु हाम्रा साझा कुरा हुन् । यीनिहरुको परिपुरणको लागि मात्र एकपटक यहाँहरुको साथ चाहिएको छ । पुराना संस्तथागत असल कार्यहरुलाई निरन्तरता दिने, संघलाई मर्यादित र व्यवसायीलाई सम्मानित हुने वातावरण बनाउने मेरो लग्क्ष रहेको छ कार्किले भने ।

हामी पर्यटकिय राजधानीमा रहेकोले यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादित बस्तुहरुको बजारिकरणमा मात्रै ध्यान दिन सके तथा व्यवसाय संचालनका लागि वित्तीय जोहो र वातावरण राम्रो नभई संभव हुँदैन । बैंक, वित्तीय क्षेत्रका समस्याहरुको उचित निकासको लागि नियामक निकायहरुसंग हरदम प्रतिफल आउने गरी काम गर्ने लक्ष्य रहेको सुनाए ।

पोखरामा एयरपोर्ट बनाउन संघको अगुवाईमा गरिएको संघर्ष, ७६ दिनसम्मको अनसन ताजै छ । अहिले एयरपोर्ट पनि तयार भईसकेको र आन्तरक उडान मात्रै भईरहेकोमा यसलाई नियमित रुपमा अन्तराष्ट्रिय उडानको प्रत्याभूतिका लागि लागिरहने र उत्पादनका क्षेत्रहरुको पहिचान गरी उद्यमशिलताको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु, कार्किले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button