डिभाइन यूथ क्लवले गर्यो खाद्यान्न सहयोग

पोखरा, १२ असार

कोरोना भाइरस संक्रमणको बिषम मरिस्थितिमा पनि डिभाइन यूथ क्लव नेपालले विविध सेवा र सहयोगको कार्यक्रम गरिरहेको छ । यसैक्रममा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लवले मानव सेवा आश्रम अन्तर्गत रहेका सहयोगापेक्षीजनहरुलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्री सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा क्लवको तर्फबाट क्लबका अध्यक्ष रुद्र कुँवर एवं श्यामाश्याम सत्संग पोखराकी सदस्य विष्णु पुरीले मानव सेवा आश्रम कास्कीका अभियन्ता सम्झना बर्तौलालाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

क्लवका संरक्षक एवं मार्गदर्शक जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीले समन्वयात्मक दार्शनिक प्रवचन वितरण प्रारम्भ गरेको १२औं प्रचार सेवा दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको क्लवले जनाएको छ ।

क्लवले यसअघि पनि कास्की लगायत देशैभर विविध सामाजिक, सेवामूलक र अध्यात्मिक जागरणका कार्यहरु गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button