राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

पोखरा ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले दावी गरेको छ । कोटीहोममा हालसम्म १७ लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

उनले भने, ‘शनिबार बिदाको दिन पनि परेको र राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिए, यातायात बन्दले कुनै प्रभाव पारेन ।’ शनिबारदेखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले आज संसारको सबै तीर्थ पोखरामा भएको बताइन् । उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ । उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिँड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।

कोटीहोममा शनिबार भारत उत्तर प्रदेश गोरखपुर नगर निगमका महापाल डा। मंगलेश कुमार श्रीवास्तवसमेत सहभागी भए । उनले कोटीहोमको व्यवस्थापन निकै सुन्दर रहेको आफूले पाएको बताए । सनातन धर्मको निकै ठूलो महत्व रहेको भन्दै उनले जसले श्रीमद् भागवत हुन्छ उसका सबै पाप नास हुने बताए । साथै नेपाली काङ्ग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, सङ्घीय सांसद दामोदर बैरागी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, वरिष्ठ अधिवक्ता राजु बस्नेत, पर्वतारोही माया गुरुङ, पनि सहभागी थिए ।

उक्त अवसरमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले पोखरामा भएको यो कोटीहोमको महत्व निकै ठूलो हुने र यसले नेपालमा धार्मिक पर्यटक ओइरिने दावी गरे । सनातन धर्म र संस्कृति संरक्षणमा पोखराले निकै राम्रो अवसर पाएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button