राजदूतहरुद्वारा भक्तपुरका सम्पदाको अवलोकन

भक्तपुर/

नेपालका लागि विभिन्न २३ देशका राजदूतहरुले आज भक्तपुरका ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ । आरपी फाउण्डेसका अध्यक्ष एवं सम्पदाविद् रवीन्द्र पुरीको निम्तोमा उहाँहरुले ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको हो ।

अध्यक्ष पुरीले भक्तपुरको दरबार स्क्वायरमा भादगाउँले टोपी र खादा लगाएर २३ राजदूतहरुलाई स्वागत गर्दै ऐतिहासिक सम्पदा एवं मठमन्दिरको अवलोकन गराउनुभएको थियो । सम्पदाविद् पुरीले भक्तपुर दरबारस्क्वायरको राष्ट्रिय कला सङ्ग्रहालय, सुनको ढोका (गोल्डेन गेट), पचपन्न झ्याले दरबार, सुनधारा, तलेजु परिसर, पशुपति मन्दिर, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, भैरव मन्दिर, सकुलढोका, दत्तात्रय, नमूना घर हुँदै नाग पोखरीस्थित वासुकी घरलगायतको अवलोकन गराउनुभएको हो ।

विभिन्न देशका राजदूतहरुलाई सम्पदाविद् पुरीले भक्तपरको ऐतिहासिक पक्ष, धार्मिक पक्ष, मठमन्दिर, पाटी पौवालगायत बारेमा जानकारी गराउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button