बुद्ध जयन्तीको अवसरमा पेमा धेछेन्लिङ गुम्वामा प्रवचन

पोखरा।
२५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले प्रवचन कार्यक्रम गर्ने भएको छ । बैशाख २७ गते शनिबार पेमा धेछेन्लिङ गुम्वा लेकसाइड खहरेमा कार्यक्रम हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
पोखरामा आयोजित बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत प्रबचन हुन लागेको तामाङले जानकारी दिए । गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त त्रियोग परेको दिन बैशाख पुर्णिमा बुद्ध जयन्तीको अवसरमा खेम्पो आचार्य सम्तेन लामाज्युबाट गुम्बामा बुद्ध प्रवचन हुन लागेको हो । विहान ७ बजेबाट शुरु हुने प्रवचन कार्यक्रममा गण्डकी प्रदेशका युवा, सामाजिक तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रमुख अतिथी रहने आयोजकले जनाएको छ ।
यस अघि साप्ताहिक कार्यक्रम अन्र्तगत साइकल र्याली, शुभकामना र्याली, प्राण दान, धर्मदेशना, गणचक्र पुजा, रक्तदान, भोजनदान, फलफुल वितरण कार्यक्रम सम्पन्न भइसकेको छ ।
पोखरामा वि.सं. २०१० को दशकको अन्त्यबाट बुद्ध जयन्ती मनाउनृ परम्पराको थालनी भएको हो । पोखरा क्षेत्रमा २०६० सालदेखि सामुहिक रुपमा बुद्ध जयन्ती मनाउन थालिएको हो ।



