प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

पोखरा ।

लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी परीक्षामा सामेल भएको आरोपमा १ युवती पक्राउ परेकी छन्।

२०८२ साल वैशाख ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उक्त परीक्षामा ज्ञानुता विश्वकर्मा नामकी युवती संलग्न भएको पत्ता लागेको हो।

जिल्ला धनकुटा, पाख्रीबास नगरपालिका–५ की वर्ष १९ की ज्ञानुता विश्वकर्मालाई पक्राउ गरी शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीमाथि अरुको नाममा परीक्षा दिएको, परीक्षा प्रणालीमा अनाधिकृत प्रवेश गरेको र शैक्षिक प्रक्रियाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button