आरुषी र गृष्मा मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको फाइनलमा

पोखरा /

आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप विकलाई ६–२, ६–४ ले तथा सञ्जय रोकायाले प्रफुल्ल श्रेष्ठलाई ६–३, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

यु–१४ ब्वाइज सिंगलमा आसब सम्राट हाडाले सुरेन्द्र विकलाई ६–०, ६–१ ले तथा सञ्जय रोकायाले अभिषेक विकलाई ६–०, ६–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । यु–१२ ब्वाइज तर्फको क्वाटरफाइलन खेलमा आर्यस राज पौडेलले अभिषेक बयलकोटीलाई ६–०, ६–० ले, बिदान्त चालिसेले नितेस थापालाई ६–०, ६–० ले, आरित मल्लले अनमोल नेपालीलाई ६–१, ६–० ले तथा ओम्युग थापाले सहान्स बस्न्यातलाई ७–५, ६–७ र ६–० को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे ।

सोही उमेर समुहको गल्सतर्फ सारा पन्तले कुशुम श्रेष्ठलाई ६–०, ६–० ले, थैया श्रेष्ठले ताभिसी ग्लोभान्नीलाई ६–२, ६–२ ले, इरा खत्रीले नाइरा घलेलाई तथा स्वारा थापाले आर्या पौडेललाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यु–१० ब्वाइज सिंगलमा कायन चालिसेले मार्कब पोखरेललाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे । यु–९ ब्वाइज सिंगलफर्त जिवास भट्टराईले सोनम टी घलेलाई ५–४, ४–१ ले पराजित गर्दै सेमिफाइल प्रवेश गर्न सफल भए । दोश्रो दिनका बाँकि खेलहरु वर्षातका कारण स्थगित हुन पुगेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button