‘राइड शेयरिङ’ नियमावली विरुद्ध यातायात व्यवसायीको आन्दोलन घोषणा

पोखरा  ।

यातायात व्यवसायीले १६ जेठदेखि गण्डकी र १९ जेठदेखि देशव्यापी रुपमा आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने भएका छन् । गण्डकी सरकारले ल्याएको ‘राइड शेयरिङ’ नियमावली प्रति आपत्ति जनाउँदै आएका व्यवसायीले यस अगाडि १५ जेठ देखि आफ्ना सवारी साधन घर ग्यारेजमा थन्काउने घोषणा गरेकोमा १५ जेठमा गणतन्त्र दिवश परेकाले १६ जेठ देखि अनिस्चितकालिन रुपमा सवारी घरग्यारेजमा थन्काउने घोषणा गरेका हुन् ।

यातायात व्यवसायी कम्पनीहरु र यातायात सम्बद्ध मजदुर संगठनहरुले सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ गठन गरे त्यसैमार्फत आन्दोलनका कार्यक्रम अगाडि बढाएका छन् । बुधबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत उनीहरुले यस्तो घोषणा गरेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राष्ट्रिय यातातायात व्यवसायी महासंघ नेपाल गण्डकीका महासचिव योगेन्द्रबहादु केसीले राइड शेयरिङ’ सम्बन्धि नियमावली मौजुदा संघीय कनुनसंग बाझिने गरि ल्याइएको बताए । संघीयताको प्रत्याभूति दिलाउन तीनवटै सरकारले समन्वयकारी भूमिका खेल्नु पर्ने अवस्थामा गण्डकी प्रदेश सरकारद्धारा सार्वजनिक यातायात क्षेत्रलाई आम नागरिकको पहुच माथि प्रभावकारी रुपमा थप मर्यादित र व्यवस्थित वनाउनुको सट्टामा सिङ्गो यातायात क्षेत्रमाथि नै प्रभाव पार्ने रशेयरिङ’ नियमावली ल्याइएको व्यवसायीको भनाई छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ समेतको वर्खिलाप हुनेगरी प्रदेश सरकारले शेयरिङ नियमावली ल्याएको व्यवसायीले बताए । दुई पाङ्गे तथा ४ पाङ्गे रातो नम्बर प्लेटका निजी सवारी साधन द्वारा सार्वजनिक सवारी साधनले सरह यात्रु ओसारपसार गर्ने गरी गण्डकी प्रदेश सरकारले ३१ वैशाखामा निर्णय गरी राजपत्रमा सूचना प्रकाशन गरेको प्रति यातायात कम्पनी र यातायात सम्बद्ध मजदुर संगठनहरु विरोध गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, तथा नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र एकिकृत यात यात मजदुर संगठन वाध्य भई आन्दोलनमा जानु पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button