Site icon PokhareliNews

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रलाई सोधपुछका लागि बोलाउन संसदीय समितिमा प्रस्ताव

काठमाडौँ /

नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रस्ताव राखेका हुन्। पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए नभएकोबारे सोध्नुपर्ने उनको भनाइ छ।

उनले गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा नागरिकले गरेको स्वागत समेत आवश्यक नरहेको टिप्पणी गरे। उनले तीनकुने घटनाबारे पूर्वराजा शाहलाई एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न नपाउने पनि बताए।

 

Exit mobile version