Site icon PokhareliNews

असोज २५ मा बाँझापाटनमा कालरात्री फेस्टिभल

पोखरा।

पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ ।

श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ । सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवाहरुलाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो,’अध्यक्ष गुरुङले भने,‘ बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ सुरु भइसकेको छ । टिकट दर ५ सय र १ हजार कायम गरिएको छ । फेस्टिभल आयोजना गर्न हामीलाई विभिन्न व्यापारिक प्रतिष्ठान एवं संघ÷संस्थाको सहयोग रहेको छ । सबैजसो तयारी पनि तीव्र गतिमा अगडि बढिरहेको छ ।

 

Exit mobile version