Site icon PokhareliNews

हङकङद्वारा नेपाल चार विकेटले पराजित, इमर्जिङ एसिया कप पनि गुम्यो

Dipendra Singh Airee of Nepal celebrates the wicket of Adit Gorawara of Hong Kong, China during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ, ८ वैशाख

ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल पराजित भएको छ । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो । जितसँगै हङकङ इमर्जिङ एसिया कपमा छनोट भएको छ ।

नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा ग¥यो । आजको खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दा जारी प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४, सन्दीप जोराले २२ र रोहितकुमार पौडेलले २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल आजको खेलमा पनि शून्य रनमा आउट भए ।

हङकङको जितमा अंशुमन रनले ६५ रन बनाए । साथै बाबर हयातले २६ रनको पारी खेले । नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।

Exit mobile version