पोखरा २२ फागुन/ प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले राससलाई जानकारी दिनुभयो ।
कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।

