Site icon PokhareliNews

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, योगेश गौचन थकाली विजयी

पोखरा फागुन २२/ नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। एक निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका हुन्।

गौचनले ३ हजार ३०७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८ सय ६ मत पाइन्।२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गौचनले जितेका थिए। त्यस वेला उनले ३ हजार ९९२ मत प्राप्त गरेका थिए।

Exit mobile version