Site icon PokhareliNews

अठारौं गणतन्त्र दिवशको अवसरमा रेडियो अन्नपूर्णको “गणतन्त्र दिवस, उपलव्धि र आगामी यात्रा” विषयमा छलफल

पोखरा /

जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धीको रक्षा गर्नु साझा जिम्मेवारी भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
बिहिबार रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले अठारौं गणतन्त्र दिवशको अवसरमा “गणतन्त्र दिवस, उपलव्धि र आगामी यात्रा” का विषयमा आयोजना गरेको छलफल कार्यक्रमका बक्ताहरुले उक्त कुरा बताएका हुन् ।

छलफलमा नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री यज्ञ बहादुर थापा, नेकपा एमालेका नेता तथा पूर्वसांसद, पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापा, नेकपा माओवादी केन्द्रका कास्की संयोजक विश्वप्रकाश लामिछाने र नेकपा समाजवादीका केन्द्रिय सचिव श्रीनाथ वराल रहेका थिए ।

कांग्रेस नेता तथा पूर्व मन्त्री यज्ञ बहादुर थापाले जनताको बलले आएको गणतन्त्र जनताको बलबाटै सबल बनाउँदै अनअपेक्षा अनुसारका कामहरुमा ध्यानु दिनुपर्ने बताउनु भयो । यस्तै उहाँले शासकिय शैलिमा सुधार हुनुपर्ने बताउदै, राष्ट्रिय सहमति अनुसार संबिधान पनि संसोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

एमाले नेता, पूर्वसांसद एवम पोखराका पुर्व मेयर कृष्ण थापाले गणतन्त्रको विकल्पमा गणतन्त्र नै रहेको बताउँदै व्यवस्थापकिय पक्षहरुमा देखिएका कमजोरीहरुलाई हटाउँदै यसको रक्षा र जनतामा छाएको निरासालाई हटाउन लाग्नुपर्ने बताए ।

माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले आन्दोलनको एक घटक तत्कालिन माओवादी भएको र गणतन्त्र ल्याउन दलहरुसंगै हातेमालो गरेको माओवादीको योगदानलाई कसैले कम सोच्न नहुने बताउनु भयो । उहाँले राजतन्त्र फरकिने कुरा दिवा सपना भएको भन्नुभयो .

नेकपा समाजवादीका नेता एबम् केन्दीय सचिव श्रीनाथ वरालले जनआन्दोलनको उभार ल्याउन आफुले पूर्वि भेगका गाउँ गाउँबाट तथा हस्पिटलचोकको पूर्वतिरबाट कमाण्ड गरेको, त्यो बेलामा जनउभार ल्याउन र परिवर्तनका लागि छाति खुल्ला गरेर होमिएको  भन्नुभयो

कार्यक्रमको सहजिकरण रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले गर्नुभएको थियो भने कार्यक्रमको आरम्भमा अन्नपूर्णकर्मि आरजू विष्ट सल्यानीले जनआन्दोलन र परिवर्तनका लागि रेडियोले खेलेको भूमिकाको बारेमा बोल्नु भएको थियो ।

रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले गणतन्त्र स्थापनामा रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै अहिले रेडियो सञ्चालनमा चुनौति रहेको उल्लेख गर्नुभयो ।

यसैबीच, रेडियो अन्नपूर्ण ९३.४ यही वैशाख १२ गतेदेखि रजत वर्षमा प्रवेश गरेको सन्दर्भमा विभिन्न सामाजिक, रचनात्मक, सन्देशमूलक कार्यक्रमहरु गरेर रजत वर्ष मनाईरहेको छ ।

रेडियोले रजत वर्षको सुरुवात पोखरा १४ मा रहेको बाच्छेबुडुवास्थित वात्स्यायन बृद्धाश्रमबाट सहयोग हस्तान्तरण गरेर सुरु गरेको थियो ।
कार्यक्रम रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको थियो ।

Exit mobile version