• पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

    January 11, 2020     9:52 pm

    पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।

    चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् ।

    आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

    नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।