• займ онлайн

    आगो निभाउन जडान गरिएको पाइप लाइनको सफल परीक्षण

    January 11, 2020     9:49 pm

    काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ । कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको हो ।

    उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमको रु पाँच लाख वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट रु दुई लाख सङ्घसंस्था र उपभोक्ताको रु दुई लाख ४० हजार ६१२ गरी कूल रु नौ लाख ४० हजार ६१२ लगानीमा मांसगल्ली उपभोक्ता समितिले पाइप जडान गरेको हो ।

    परीक्षणको शुरुआत कामपाका प्रमुख विद्या शुन्दर शाक्यले गरे । परीक्षणपछि प्रमुख शाक्यले विपद् क्षति न्यूनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम रहेको बताए । शाक्यले भने, “हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पु¥याएका छौँ ।” अब केही दमकल खरिद गर्दैछौँ भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेको पनि उनले स्पष्ट पारे ।

    कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले महानगर विपद्का समयमा आवश्यकपर्ने सामग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजनामा रहेको बताइन्।रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।