• займ онлайн

    लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाटै लिखित परीक्षा, एकैक्षणमा नतिजा

    January 10, 2020     9:59 pm

    काठमाडौँ पुस २४ । सवारीचालक अनुमतिपत्र लाइसेन्स का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ ।

    हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको पाइएपछि विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो । सो व्यवस्था कार्यान्वयनमा आएपछि लाइसेन्समा हुने लिखित परीक्षाको अनियमितता हट्ने विभागको विस्वास छ ।

    नयाँ व्यवस्था आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नु पर्नेछ । फारम भरेपछि लिखित परीक्षाको मिति, स्थान र समय पाइन्छ । सोही आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर परीक्षार्थीले कम्प्युटरमार्फत लिखित परीक्षा दिन सक्ने विभागले जनाएको छ ।

    नयाँ प्रावधानअनुसार लिखित परीक्षाका लागि कम्प्युटरमा प्रश्न पहिले नै सेट गरिएको हुनेछ । परीक्षार्थीले पहिलेको लिखितको साटो कम्प्युटरमा नै उक्त प्रश्नको उत्तर दिनुपर्नेछ । यसबाट कम्प्युटरले तत्काल पास फेल बताइदिने छ । त्यसपछि सो विवरण यातायातको सर्भरमा सेट हुनेछ ।

    यसका लागि अहिले विभागले अटोमेसन सफ्टवेयर तयार पारिरहेको छ । कम्प्युटरबाट परीक्षा दिनका लागि आवश्यक सबै पूर्वाधार बनाउन केही महिना लाग्ने विभागले बताएको छ । सो सफ्टवेयर बनिसकेपछि दैनिक सात हजारले परीक्षा दिन सक्ने विभागको भनाइ छ । रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।