• займ онлайн

    मिस तामाङ पोखरा २०२० का प्रतियोगी स्वस्तिका तामाङ भविष्यमा नर्स बन्ने

    January 7, 2020     9:24 pm

    नुवाकोटका स्वस्तिका तामाङ यति बेला मिस तामाङ पोखरा २०२० को तालिममा ब्यस्त छिन् । लामाचौर बस्दै आएकी स्वस्तिमालाई आफ्नो भाषाको त्यति भेउ थिएन तर अहिले आफ्नो मातृभाषा सिक्न पर्ने रहेछ भन्ने महसुस भएको छ । नाच्न, घुम्न, नयाँ कुरा सिक्न मनपराउने स्वस्तिकाले यसै प्रतियोगिताले डम्फु बजाउन पनि सिकायो ।

    प्रतियोगी नम्बर १७ की उनी असक्त मानिसहरु देख्दा भावुक बन्ने बताउछिन । त्यसैले आफ्नो जीवनको लक्ष्य असल नर्स बनेर असक्त मानिसको सेवा गर्नु हो भन्छिन । आफ्नो भाषा, संस्कृति, परम्पराका बारेमा युवा पुस्ताले बुझ्न सके मात्रै संधै भरि जाती रहने विश्वास लिने उनले पनि गहिराइमा बुझ्न र आफ्नो सपना पुरा गर्न प्रतियोगितामा भाग लिएकी हुन् । उनले यो प्रतियोगितामा भाग लिएर आफ्नो समुदायको बारेमा धेरै कुरा सिक्ने मौका पाएको सुनाइन । धेरै मानिसको अगाडी बोल्न हिच्किचाउने उनी अहिले सबैको अगाडी माइकमै आफ्नो कुरा निर्धक्क भन्न सक्ने भएकी छिन् ।

    व्यक्तित्व विकासमा पनि प्रतियोगिताले टेवा पुगेको विश्वास गर्ने उनले आफ्नो समुदायको इतिहासको बारेमा जान्ने मौका पाएको बताए । प्रतियोगितामा भाग लिए पश्चात धेरै परिबर्तन आएको स्विकार्ने उनले सबैभन्दा ठुलो कुरा आफुमा आत्मविश्वास बढेको बताए । मातृभाषाले आफु तामाङ हुनुको गर्व गर्न सिकाउने भन्दै भाषा सिक्न पाएकोमा पनि उनी दङ्ग छिन् । मिस तामाङको ताज पहिरिए भने आफु जस्तै आजको युवालाई आफ्नो भाषा संस्कृतिको बारेमा जान्ने बनाउन उनी तामाङ समुदायमा जाने बताउछिन् ।

    बैदाम तामाङ सेवा समाजले हरेक वर्ष आयोजना गने मिस तामाङ पोखराका सहभागीहरुलाई बिभिन्न विषयका तालिमहरु प्रदान गर्दै आइरहेको छ । माघ ४ गते हुने फाइनलका लागि यतिबेला तयारी पनि तिव्र बनाइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।