• अमलाविसौंनी टोल विकासमा खड्का

    January 7, 2020     7:18 pm

    पोखरा २१ पुस । अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल, सह सचिवमा लक्ष्मी श्रेष्ठ, सह कोषाध्यक्षमा राजु थापा र सदस्यहरुमा गंगा कार्की, श्रीदेवी थापा, सरिता अधिकारी, सिता थापा, राजेन्द्र शाही ठकुरी, कृष्ण व.खड्का, लालकुमार अधिकारी, भुवन श्रेष्ठ, गोपाल थापा र कृष्ण व. थापा रहनु भएको छ । कार्यक्रममा संस्थाले १८ जना पुर्व पदाधिकारीलाई सम्मान समेत गरेको छ ।

    यसअघि अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडालाई समृद्घ वनाउन टोल विकास संस्थाहरुको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । संस्थाका अध्यक्ष होमवहादुर खड्काको अध्यक्षतामा भएको कायृक्रममा प्रगति वोडिङ्ग स्कुलका प्रिन्सीपल दिनेश श्रेष्ठ, संरक्षण आमा समुहका सदस्य मंगला खड्का, संस्थाका सह सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा भुवन पौडेल लगायतले संस्थाले गरेका गतिविधीका वारेमा जानकारी गराएका थिए ।अधिवेशनले संस्थाको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । २०६३ सालमा गठित संस्थामा १सय ४५ जना सदस्य आवद्घ छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।