एनआरएनए अमेरिकाको सल्लाहकारमा बाल्टिमोरका युवा सामाजिक व्यक्तित्व शिव मल्ल मनोनित भएका छन् । एनआरएनए अमेरिकाको आईतबार सम्पन्न बैठकले ७ जना सल्लाहकार मनोनित गरेकाे हाे। शिव मल्ल लामो समयदेखि अमेरिकामा सक्रिय युवा समाजसेवी हुन् । अमेरिकाका प्रायजसो सामाजिक सेवाका काममा मल्लको नाम जोडिएर आउने गर्दछ । बिशेष गरी अफ्ठेरोमा परेका युवा र शुरुमा आएर काम खोज्ने परिवारहरुलाई मल्लले बर्षौंदेखि सहयोग गर्दै आएका छन् ।
मल्ल तनहुॅ जिल्लाको म्याग्दे गाऊपालिका वार्ड न ४ थर्पुका स्थानिय बासिन्दा हुन् । करिब १५ बर्ष अगाडी कामको सिलसिलामा अमेरिका आएका मल्लले यहाॅ भएका बिभिन्न सामाजिक संस्थामा महत्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेका छन् । सामाजिक काम र सहयोगको लागी जहिले पनी अग्रपङ्तिमा रहने शिव मल्लले अमेरिकामा मात्र नभएर नेपालमा पनि बिभिन्न क्षेत्रमा सामाजिक तथा आर्थिक सहयोग प्रदान गर्दै आएका छन ।
अमेरिकाको मेरिल्यान्डमा बस्दै आएका मल्ल एनआरएन अमेरिकाकाे बिगतदेखि अहिलेसम्म हरेक गतिबिधिलाई नजिकबाट बुझेका ब्यक्ति हुन् । समाजसेवाको कुरा गर्दा गाउको स्कुलमा भवन निर्माण, लाईब्रेरी स्थापनामा आर्थिक सहयोगदेखि लिएर नेपालका बिभिन्न स्थानमा भएका बिपतमा पनी आफ्नो क्षेत्रबाट अग्रस्थानमा रहि सहयोग जुटाउन ठुलो भुमिका निर्वाह गर्दै आएका छन् ।
नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष तथा एनआरएनए अभियन्ता मल्ल नेप्लिज डायस्पोराका शुरुदेखि कै शुभचिन्तक पनि हुन् । नेप्लिज डायस्पोरा टिम मल्ललाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ । मल्लसंगै सल्लाहकार मनोनित हुनेहरुमा संजय थापा, राधा पौडेल, विद्यासागर योञ्जन, बादल भुजेल, डा. चिरिन्जीबी भट्टराई र मनोज घिमिरे छन् ।
साथै, बैठकले पांच सदस्यीय संरक्षक समिति पनि गठन गरेको छ । समितिमा डाक्टर केशब पौडेल, खगेन्द्र जिसी, नबिन शेरचन, डाक्टर रुद्र अर्याल, र श्री पराजुली रहेका छन् ।