• माघ १ गतेदेखि स्टेशन गैरापाटनमा झिर, थ्रिडी र ग्राफिटी (हेर्नुहाेस तस्विरमा स्टेशन)

    January 6, 2020     2:57 pm

    पोखरा,। गैह्रापाटन स्थित स्टेशन द फुड एण्ड ससेज पार्कले नया स्वरुप पाएको छ । युवा पुस्ताको पहिलो रोजाइको रुपमा रहेको स्टेशन द फुड एण्ड ससेज पार्कले आफ्नो प्रत्यक भित्तामा थ्रिडी र ग्राफिटी आर्टले सजाएको छ । नया भवनमा नया लुक्ससंगै स्टेशनले मेनुमा स्वादिलो झिर पनि थप गरेको छ । विगत डेढ दशकदेखि ग्राहकहरुको मन जित्दै आएको स्टेशन नया स्वरुपका साथ माघ १ गतेदेखि सञ्चालनमा ल्याउन लागेको सञ्चालक आयुष श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मलेनमा आफ्नो विगत सम्झिएर भावुक बनेका आयुषले दुःख गर्न कहिले पनि लाज नलागेको सुनाए । उनले सबैको साथ र सहयोगले नै आफु सफल बनेको भन्दै साथ सहयोग र हौसला दिनेहरुलाई धन्यबाद दिए ।

    स्टेशन युवा पुस्तामाझ परिचित नाम हो । मःम, ससेज तथा आलुका परिकारका लागि प्रख्यात स्टेशनले नयाँ परिमार्जित स्थानमा झिरको सुविधालाई पनि विस्तार गरेको छ । ‘ग्राहकको चाहनालाई मध्यनजर गर्दै हामीले स्वदिलो झिरलाई पनि मेनुमा समाबेश गरेका छौं ।’ श्रेष्ठले गैरापाटनको पहिले भएको स्थानको आडैमा पुरै घरलाई नया स्वरुप र थिममा थ्रिडी आर्टका साथ सेवा सञ्चालन गर्न लागिएको हो ।

    १५ वर्ष अघि पोखरा एफएममा चर्चित कार्यक्रम स्टेशन पपकै नाम बाट यसैका प्रस्तोता आयुषले व्यवसायको नामाकरण गरेका थिए । स्ट्रिट फुडबाट व्यवसाय शुरु गरेका उनले अहिले ३ तलाको घरमा स्टेशनलाई नया लुक्स दिएका छन् । बाहिरको लुक्सबाट नै स्टेशनको फरकपनलाई महसुस गर्न सकिन्छ । हरेक फ्लोरमा फरक फरक थ्रिडी आर्टले ग्राहकको मन लोभ्याउने छ । नेपालमा नै पहिलो प्रयोग गरिएको थ्रिडी आर्टका लागि मात्रै पनि मिहेनत र खर्च धेरै लागेको उनले सुनाए । हिमालयन रोडिजका उपविजेता अनिमेश शाहीले स्टेशनको थ्रिडी र ग्राफिटी आर्ट बनाएका हुन् । स्टेशनको सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, गायक विनोद वानिया, पत्रकार उत्तम पौडेल, सन्जय मल्ल, सञ्चालक निलिमा हिराचन श्रेष्ठ, अनिमेश शाही लगायतले बोलेका थिए ।

    स्टेशनको नया लोकेशनमा अहिलो प्रि ओपनिङ्ग चलिरहेको छ । स्टेशनको मःम, तारेको आलु, ससेज, चाउमिन लगायतका फास्टफुड लोकप्रिय रहेको छ । ग्राहकको माग अनुरुप विभिन्न फ्लेवरका झिर पोल्न थालेका आयुषले स्वाद र गुणस्तरमा कम्प्रोमाइज नगर्ने सुनाए । अहिले चिकेन्, पोर्क, बफ तथा मटन झिर उपलब्ध रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।