• गायक बिनोद बानियाले कोरियाको डान्सपार्टीमा नचाउने, मुस्ताङको शिक्षा र स्वास्थ्यका लागि खर्च गरिने

    January 5, 2020     4:42 pm

    कोरिया, २० पौष । मुस्ताङ परिवार दक्षिण कोरियाले आउँदो सलनाल(आउँदो २४ जनवरी २०२० मा राजधानी सउलस्थित एक सुविधा सम्पन्न हलमा “सलनाल डान्स पार्टी” आयोजना गर्ने गर्ने भएको छ । डान्सपार्टीमा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने कोरियाबाट बोम्जन गुरुङले जानकारी दिए । उक्त पार्टीका लागि गायक विनोद बानिया, डिजे नानी सुस्मिता महर्जन, डिजे सि मन आकर्षण रहेको जनाइएको छ ।

    मुस्ताङ जिल्ला स्थित दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ को मुख्य उद्वेश्य सहित सलनाल डान्स पार्टी आयोजना गर्न लागिएको र कार्यक्रमका लागी ५०, हजार वोन भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई टिकटसँगै हलभित्रै खाजा सेट उपलब्ध गराइने मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले जानकारी दिए । संस्थाका वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङ थप्छन । सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ ।

    यसअघि २००९ आयोजना गरिएको डान्सपार्टी कार्यक्रममा जस्तै यो पटक पनि उल्लेखनीय सहभागिता हुनेमा विश्वस्त छौं उनले भने । यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा आयोजना गर्न लागिएको “सलनाल डान्स पार्टी” कार्यक्रममा सहभागीताको लागि आयोजकले आग्रह गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।