• बिजी क्याफेको बिजी बि रिसोर्ट सञ्चालनमा

    January 3, 2020     1:22 pm

    पोखरा / पोखराको लेकसाइडमा बिजी बी रिसोर्ट सञ्चालनमा आएको छ । बुधबार औपचारीक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नायिका स्वतिमा खड्का, गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले रिसोर्टको उद्घाटन गरे ।

    पोखरा लामो समय देखी स्तरीय सेवा प्रदान गर्दै आएको बिजी बी क्याफेको सञ्चालकहरु कै टिमले रिर्सोट सञ्चालनमा ल्याएको हो । बिगत २० वर्षदेखि पोखरामा बिजी बि क्याफे सञ्चालनमा छ ।
    युवा व्यवसायीहरु योगेश भट्टराई, ज्याक तामाङ, सुनिलबहादुर भट्टराई, सरोज भट्टराई र वसन्त महतको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । करिब ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा १० करोड रुपैयाँ लगानी गरेको अध्यक्ष ज्याक तामाङले बताए । ३४ वटा फेमेली रुम सहित सञ्चालनमा आएको रिसोर्टमा स्विमिङ पुल, सेमिनार हल, स्पा, साउना, स्टिम, वार तथा रेस्टुरेन्टको समेत सुविधा छ ।

    डिलक्स, सुपरडिलक्स, फ्मेली र स्वीट रुम रिसोर्टमा उपलब्ध रहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । उनले ४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ सम्मका रुमहरु रिसोर्टमा उपलब्ध रहेको बताए । पुरानो वैदाम अथवा अहिलेको लेकसाइड झल्कने गरी रिसोर्टको संरचना निर्माण गरेको बताए । रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान हुने अर्का सञ्चालक सुनिलबहादुर भट्टराईले बताए । पर्यटन वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए । उनले ध्वनी प्रदूषणरहित हुने गरी कोठाहरु बताएको बताए ।

    नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ उद्घाटन गर्दै स्तरीय रिर्सोट सञ्चालन गरेको बधाई दिए । उनले पोखरा सुन्दर रहेको सुन्दर बनाइ राख्न विद्युत प्राधिकरणले तारहरुलाई अण्डरग्राउड गर्ने योजना बताएको बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।