काठमाडौं( जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।
यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान पौष १८ गते शुक्रबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति स् देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पौष १९ गते शनिबार दिउँसो स् देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पौष २० गते आइतबार दिउँसो स् देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति स् देशभर आंशिक देखि सामान्य सामान्य बदली रहि उच्च पहाडी तथा हिमालि भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । खबरहब