• पोखरामा पनि नेपाल भ्रमण बर्षको उद्घाटन हुने

    December 31, 2019     8:50 pm

    पोखरा पुष १५ । गण्डकी प्रदेशको राजधानि पोखराबाट पनि नेपाल भ्रमण बर्षको उद्घाटन हुने भएको छ । संघिय सरकारको निर्देशन बमोजिम गण्डकी प्रदेशमा पनि जनवरी एक तारिक अर्थात भोलि बुधबार पोखरामा विभिन्न जनजातिको झाँकी सहित पोखराको लेकसाइड स्थित बाराहीघाटमा एक समारोहका बिच उद्घाटन गर्ने तयारी गरिएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

    प्रदेशका अधिकांश जिल्लाको प्रतिनिधित्व हुने गरी विभिन्न जनजातिको कला संस्कृति झल्कने गरी उक्त कार्यक्रमको औपचारिक उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङबाट हुने भएको छ । दिउँसो २ बजे पछि पोखराको फिस्टेल गेट देखि सुुरु भएको पन्चेबाजामा झाकी सहितको ¥याली गौरीघाट हुदै बाराहीघाटमा पुगेर उद्घाटन सत्रमा समापन हुने भएको छ । गण्डकी प्रदेशको राजधानि पोखराबाट पनि नेपाल भ्रमण बर्षको भव्य रुपमा शुभारम्भ गर्ने गरी तयारी गरिएको नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । उनले भने “ हाम्रो प्रदेशले सन २०१९ लाई प्रदेशको आन्तरिक भ्रमण बर्षको घोषणा गरेका थियौं, त्यसको समिक्षा हुदै नेपाल भ्रमण बर्षलाई प्रदेशबाट कसरी सहयोग पु¥याउन सकिन्छ त्यसको बारेमा चर्चा गरिन्छ । ”

    प्रदेशका पर्यटकीय गतिविधि सहित यहाँको कला संस्कृतिलाई समेटेर नेपाली, अगेंजी र चाइनिज भाषामा पुस्तक समेत प्रकासनको तयारी गरिएको मन्त्री लम्सालले जनाए । रत्नमन्दिर र हिमागृह पर्यटकीय गन्तव्यको रुपमै केही हप्तामै खुल्ला गरिने भएको मन्त्री लम्सालले बताए । भ्रमण बर्षको अवसरमा खुल्ला गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै नेपाल ट्रस्टले केही हप्तामा खुल्ला गराउने भएको उनले जनाए । उनले भने “ हामीले रत्न मन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी खुल्ला गराएरै छाड्छौं, यसको लागि संघिय सरकार र नेपाल ट्रस्टसंग कुराकानी भइ सकेको छ । ” नेपाल भ्रमण बर्षको अवसरमा उक्त रत्न मन्दिर र हिमागृह खुल्ला गरी आम सर्वसाधारण जनता सहित पर्यटकहरुको लागि खुल्ला गर्न खोजे पनि प्राविधिक कारणले हाल स्थगित भएको मन्त्री लम्सालले बताए ।

    पोखरा महानगरपालिकाका ३३ वटै वडाबाट समेत नेपाल भ्रमण बर्षको अवसरमा भिजिट नेपाल २०२० लेखिएको लोगो अंकिल बेलुन उडाउने कार्यक्रम राखिएको नेपाल भ्रमण बर्ष २०२० गण्डकीका सहसंयोजक अग्नी कंडेलले बताए । प्रदेशका नयाँ पर्यटकीय पदमार्गको खोजी र पुराना पदमार्गको मर्मत संहारमा गर्नुपर्ने अबस्था रहेको उनले जनाए । पोखराका फेवा, बेगनास, रुपा लगायतका ९ वटा तालको संरक्षण र तालमा जान आउनको लागि यातायाताको कनेक्टिङ गर्ने सहसंयोजक कंडेलले जनाए ।

    उक्त उद्घाटनको अवसरमा पन्चे बाजा सहित लिम्बु, पुन, गुरुङ, मगर लगायतका समुदायको नृत्यको साथमा कौडा, घाँटु, थाल, लठ्ठी, कृष्ण चरित्र, तायाः मचा नृत्य प्रस्तुत गरिने भएको सांस्कृतिक संयोजक गणेश भट्टराइले बताए । जनवरि एक तारिक (बुधबार) काठमाण्डौंको दशरथ रंगशालामा भव्य कार्यक्रमका बिच राष्ट्रपति बिद्या देखि भण्डारीले भ्रमण बर्षको उद्घाटन गरेसंगै हरेक प्रदेशमा पनि बुधबार नै प्रदेशबाट भ्रमण बर्षको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।