December 31, 2019 8:44 pm
पोखरा १५, पुष । अँग्रेजी नयाँ बर्ष २०२० लाई स्वागत गर्न पोखराकाे लेकसाइडमा जारी सडक महोत्सवमा आतिसबाजी गरिने भएको छ । रेवान पाेखराकाे अायाेजनमा २१ औं पोखरा सडक महोत्सवको चौथो दिन तथा अँग्रेजी वर्ष २०१९काे अन्तिम दिन न्यु इयर इभ सेलेब्रेसन र नया वर्ष २०२० काे स्वागतका लागि मंगलबार मध्य राति १२ः०० बजे पोखराको बसुन्धरा पार्क क्षेत्रमा आतिसबाजी हुने जनाएको छ ।
हालै नेपालको काठमाण्डौं, पोखरामा आतिसबाजी सहित १३ औं साग सम्पन्न भएसंगै निजी क्षेत्रले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने भन्दै आतिसबाजी गर्ने तयारी गरिएको श्रोतको भनाई छ । अगेंजी नयाँ बर्ष आज मध्य रात १२ः०० बजे पछि सुरु हुने भएकोले अधिकांश सडक महोत्सवमा जाने दर्शक तथा पर्यटकहरुको जिज्ञासाको बिषय आज आतिशबाजी हुने नहुने अन्यौलमा परेकाछन्। तर गत बर्ष करिब आधार घण्टासम्म आतिशबाजि हुन्छ की भन्दै महोत्सव स्थल कोमागाने र बसुन्धरा पार्क क्षेत्रमा आतिशबाजीको रौनक हेर्न हजारौं दर्शक तथा पर्यटकको भिड लागेको थियो ।
पोखरा सडक महोत्सवको मुख्य दिन आज पोखराका अधिकांश होटल तथा रेष्टुरेण्टमा पर्यटक भरीभराउ भएकाछन्। पोखराको लेकसाइड करिब ३ किलोमिटर सडक क्षेत्रमा दर्शक तथा पर्यटकहरुको भिडभाड बढेको छ ।
रात बढ्संगै चिसो पनि बढेका वेला सडक महोत्सवमा मानिसहरुको ओईरो पनि यति वेला बढ्दो छ । तमु ल्होछार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले आज(मंगलबार) प्रदेशमा सार्वजनिक बिदा दिएकोले गर्दा दिउँसो पनि पर्यटकको सङख्या भने बढेको पोखरा पर्यटन परिषदका महासचिव दिल गौतमले बताए ।
अंगेजी नयाँ बर्षको अवसरमा पोखराका अधिकांश मध्यम स्तरका होटलमा यतिवेला पर्यटकहरु भरीभराउ भएको होटल पोखरा वाटिका संचालक समेत रहेका महासचिव गौतमले जनाए ।बिबादका कारण गत बर्ष पोखरा सडक महोत्सवमा आतिसबाजी भएको थिएन्। अघिल्ला केही बर्षमा पोखरामा आतिसवाजी हुदै आउदा केही बिबाद उत्पन्न भएको थियो ।