• ल्होसार पर्व सम्पूर्ण गुरुङहरुको एकताको लागि सजिलो माध्यम ः उप प्रमुख गुरुङ

    December 31, 2019     8:34 pm

    लेखनाथ १५ पौष । पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले ल्होसार पर्वले सम्पूर्ण गुरुङहरुमा एकताको लागि सजिलो माध्यम बनेको बताएकी छिन । तमु ल्होसारको अवसरमा पोखरा २६ सक्नेरी स्थित सक्नेरी बुद्ध आमा समुहले आयोजना गरेको ल्होसार विशेष कार्यक्रममा बोल्दै उप प्रमुख गुरुङले सबैको एकताको भावना कायम राख्नको लागि यस खालको पर्वको विशेष महत्व रहेको बताएकी हुन ।

    गुरुङहरुको आफ्नै भाषा ,धर्म, संस्कार र संस्कृति रहेकोमा यसको संरक्षणको लागि एकल पहलले केहि नहुने भन्दै सबै एकजुट भएमा पहिचान कायम हुनुका साथै अधिकारका लागि लडन समेत सजिलो हुने बताउनु भएको थियो । आजको युगसम्म आइपुग्दा पनि महिलाहरु कुनै सभा समारोहमा उभिएर बोल्नु हुदा खुट्टा कमाउने भन्दै अव त्यसका लागि सबै महिलाहरु एकता भइ राष्ट्रिय राजनीतिमा सामेल हुनु पर्नेमा जोड दिएकी थिइन । राजनीति प्रति मान्छेको बुझ्ने धारणा नै कतिपय अवस्थामा गलत रहेको हुदा राजनीतिमा लाग्दैमा मान्छे खराव नहुने धारणा राखेकी थिइन ।
    कास्कीमा रहेको ६ वटा पालिकामा कुनै न कुनै पदमा गुरुङ भए पनि अन्य ठाउँको पालिका तथा संसदमा समेत गुरुङहरुको प्रतिनिधित्व कम रहेको भन्दै यसका लागि सबै युवा पुस्ताले सोच्नु पर्ने बताएकी थिइन ।

    ल्होसारको अवसरमा देश तथा विदेशमा छरिएर रहेको गुरुङ समुदायले पौष १५ गतेलाई नयाँ वर्षको रुपमा मनाउदै आइरहेका छन । ल्हो को अर्थ नयाँ तथा सारको अर्थ वर्ग फेरीनु भन्ने मान्यताको साथ यो वर्ष गुरुङ समुदायले फो ल्हो अर्थात मृग वर्गको विदाइ गरी च्यू ल्हो वर्ग अर्थात मुसा वर्गको स्वागत गरी मनाएका छन । सक्नेरी वुद्ध आमा समुहकी अध्यक्ष सरस्वती देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

    विविध सास्कृतिक कार्यक्रमको साथ भएको ल्होसार कार्यक्रममा समुहले ल्होसारको अवसरमा समुहमा आवद्ध रहनु भएका सदस्यका छोराछोरी मध्ये विभिन्न तहका उत्कृष्ट नतिजा ल्याउन सफल छोराछोरीलाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन समुहकी सचिव लक्ष्मी गुरुङले गरेकी थिइन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।