• आज मंगलवार, यि कार्यका निम्ति शुभ रहनेछ, गणेश एवं हुनुमानको उपासना गर्ने दिन

    December 31, 2019     9:55 am

    श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको १५ गते तदनुसार ईशवीय सन् २०१९ अन्तर्गत डिसेम्बर महिनाको ३१ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।

    सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको पञ्चमी तिथि दिवा २।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । शतभिषा नक्षत्र राति १२।५७ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा सिद्धि योग, आन्दादिमा मृत्यु योग र कौलव करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१७ बजे हुनेछ ।

    चन्द्रमा आज कुम्भ राशिमा छन् । चन्द्रमाका हिसावले आज पश्चिम र दक्षिण दिशाको यात्रा शुभ रहनेछ । यसैगरी हाल पञ्चक पनि चलिरहेको छ । आज मंगलवार गणेश जी एवं हुनुमानजीको उपासना गर्ने दिन हो । आज गणेशजीलाई दुवो एवं लड्डु र हजनुमानजीवलाई सिन्दूरार्पण शुभ रहनेछ । यसैगरी आज गणेशअथर्वशीर्ष एवं हनुमान चालिसा पाठ गर्नाले मनकामना पूर्ण हुने फल वर्णन पाइन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।