• लेखनाथ महोत्बासमा राखिएको पिङ मान्छे उल्टो बनाइ आकाशमै २० मिनेट अड्कियो, ठूलो दुर्घटना हुन वाट जोगियो

    December 29, 2019     7:01 am

    लेखनाथ । लेखनाथको तालचोक डाँडाको नाकमा चलिरहेको १६ औं संस्करणको लेखनाथ महोत्सवमा शनिवार बाल उद्यान तर्फ १६ जना चढेको पिङ झण्डै २० मिनेटसम्म अड्किदा ठुलो दुर्घटनाबाट जोगिएको छ ।
    २० मिनेटसम्म उल्टो रहेको पिङलाई डोरीको सहायताबाट तल झारेर फसेका १६ जनाको उद्धार गरिएको थियो ।
    उद्धार पछि स्वास्थ्यमा समस्या देखिएका १० जनालाई उपचारका लागि लेखनाथको बुढि बजारमा रहेको लेखनाथ सिटी अस्पताल र सामुदायिक लायन्स अस्पतालमा उपचार गरिएको छ ।

    ति मध्ये अस्मिता क्षेत्री र शिक्षा अधिकारीको उपचार भैरहेको छ भने अन्य उपचार पछि घर फर्किएका छन् । कबिता आले, अनिता तिमिल्सीना, सन्तोषी तिमिल्सीना, प्रकाश पौडेल संजिव मरासिनी, सुस्मिता श्रेष्ठ, संञ्जीब श्रेष्ठ र गोविन्द श्रेष्ठ सामान्य उपचार पछि घर फर्किएका छन् ।

    झण्डै ३० फिटको उचाईमा १६ जना दर्शक चढेको पिङ उल्टो अड्किदा केही समय तनाव भएको थियो । २० मिनेट पछि डोरीको सहायताले पिङलाई तल झारिएको थियो । पिङ अडकिदा दर्शकहरुका विचमा रुवावासी समेत भएको थियो । पिङ हाइड्रोलिकको समस्याले माथि अड्किएको हुन सक्ने र यस बिषयमा बाल उद्यान संचालकसँग थप बुझ्ने काम भैरहेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । विग्रिएको पिङ अहिले बन्द गरिएको छ ।

    महोत्सव स्थलमा जोखिम व्यवस्थापनको तयारी नपुगेको भन्दै केही बेर दर्शकहरुले बालउद्यान क्षेत्रमा आक्रोस समेत पोखेका थिए । पिङमा रहेका पोखरा २९ का प्रकाश पौडेलले थप केही समय उद्धार हुन नसकेको भए ठुलै दुर्घटना हुने बताए । उनले शुरुमा त पिङ रोकिएको होला भनेर मजाक गरीरहेको तर समय लामै भएपछि पिङमा रहेका सवै आत्तिएर रुन करान थालेको बताए ।

    महोत्सवमा ठुलो दुर्घटना हुनबाट जोएिको भन्दै थप सजगता अपाईने बाल उद्यान संयोजक धिरज श्रेष्ठले बताए । बालउद्यान, स्टेज, तथा स्टल सहितका स्थानमा थप सावधानी अपनाउन र तुरुन्त रेस्क्यू हुने गरी तयारी अवस्थामा राख्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन् । शनिवार महोत्सवमा दर्शकहरुको चाप अधिक हुँदा आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । -लेखनाथ खबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।