• चितवन राइनोज बन्याे नमस्ते पोखरा प्रिमियर लिगको च्याम्पियन

    December 28, 2019     5:29 pm

    १२ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो । २सय ३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

    उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा आउट भए लोकेश बमले मात्र एक रन बनाउन सके । तर मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रमक पारी खेल्दै ४१ रनको साझेदारी गरे ।

    आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने । छैटौं नम्बरमा आएका पुनित मेहरा र प्रदीप क्रिजमा रहँदासम्म बिराटनगरको जितको आश कायमै थियो । दुबैले ठूलो सर्ट खेलिरहेका थिए । कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएपछि भने चितवनको जित औपचारिक मात्र बाँकी रहृयो । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए ।

    यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए । मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हाताय ५ रनमै पभेलियन फर्किए । चौथो नम्बरमा आएका अनिलले तेस्रो विकेटका लागि मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५०/५० रनामा आउट भए ।

    अरिफ शेखले १९ रन जोडे । उनी आउट हुँदा टिकको स्कोर १७० रन थियो र मात्र ११ बल बाँकी थियो । करण केसीले आक्रामक पारी खेले । उनले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए भने सन्नी पटेलले १६ रन बनाए ।

    विजेताले २७ लाख नगद र ट्रफी पाएकाे छ । उपविजेता विराटनगरले १० लाख नगद तथा ट्रफी हात पारेकाे छ । उक्त प्रतियाेगिताकाे म्यान अफ दि म्याच राेहन मुस्तफा बने । क्लियर क्याच एमडी अरी सेख, फास्टेस्ट फिप्टी अनिलकुमार शा, गेम चेन्जर र बेस्ट बलर करण केसी भए । उनले टिभिएस माेटरसाइकल प्राप्त गरे । ज्ञानेन्द्र मल्लले बेस्ट ब्याट्सम्यानकाे टाइटल जित्दै टिभिएस माेटरसाइकल प्राप्त गरे । प्रतियाेगिताकाे माेस्ट भ्यालुएबल प्लेयरकाे टाइटल लाेकेश बमले पाए । उनले नगद १ लाख पुरस्कार पाए । राेहन मुस्तफा प्लेयर अफ दि सिरिज बन्दै टिभिएस माेटरसाइकल प्राप्त गरे भने अनिल खरेलले उदियमान खेलाडीकाे टाइटल जित्दै ५० हजार नगद हात पारे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।