• पुष १५ मा तमु ल्होसारको सार्वजनिक बिदा

    December 27, 2019     6:24 pm

    पोखरा ११, पुष । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले यही पुष १५ मा सार्वजनिक बिदा दिने भएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको गरेको उक्त निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै पुष १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले जनाए । 

    सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय बिदा कटौती गरेको भन्दै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायद्ले पोखरामा गत आइतबार प्रदर्शन समेत गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।