• займ онлайн

    भारतीय चर्चित गायिका आशा भोस्ले रेडियो नेपालमा

    December 26, 2019     11:11 pm

    काठमाडौं । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन बुधबार नेपाल आउनुभएकी भारतीय चर्चित गायिका आशा भोस्लेले आज रेडियो नेपाल पुगी ‘रिहर्सल’ गरेकी छन् । उनले आफूले स्वर दिएका विभिन्न नेपाली गीतमा रिहर्सल गर्नुभएको हो । उहाँलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गरेका थिए । साधना कला केन्द्रको निमन्त्रणमा भोस्ले नेपाल आएकी हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोस्लेले शुक्रबार भेट गर्ने कार्यक्रम रहेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ”, मोक्तानले भने, “यस्तै नै शुक्रबार माइती नेपाल र नारायणहिटी सङ्ग्रहालयको पनि अवलोकन गर्दै हुनुहुन्छ ।”

    भोस्लेले शनिबार हुने साङ्गीतिक कार्यक्रममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका अन्य गीत पस्कनुहुनेछ । उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने छन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।