• भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिने

    December 26, 2019     10:36 pm

    शिशिर । पोखरा १० पुस । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी महेन्द्र गुफा तथा चमेरे गुफामा विविध कार्यक्रम गरिने भएको छ । गुफा हेर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२०को प्रचार र स्वागत स्वरुप पुस १६ गते विहान देखि नै प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रम गरिने संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो ।विन्ध्यवासिनी मा.वि, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना र वडा कार्यालय पोखरा १६ को समन्वयमा सरसफाई, प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

    पुस १६ गते विहान महेन्द्र गुफा र चमेरे गुफामा प्रवेश गर्ने पर्यटकलाई स्वागत सहित सम्मान गरिने र त्यसपछि विभिन्न जनजातिको झाँकी सहित सारङ्गी र पञ्चेवाजा वजाएर विभिन्न स्थानमा परिक्रमा गरिने गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्दवहादुर वस्नेतले वताउनुभयो । प्रभातफेरीमा त्यस क्षेत्रमा वसोवास गर्ने विभिन्न समुदायले आ आफ्नो भेषभुषा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ,महेन्द्र गुफा र चमेरे गुफामा दिनभर नै सारङ्गी र पञ्चेवाजा वजाएर पर्यटकलाई स्वागत गर्ने तयारी भैरहेको छ ।

    उक्त दिन के.आई सिंह पुल देखि नै स्थानियले घर अगाडी फुलको घडा राखी पर्यटकलाई स्वागत गरिने जनाईएको छ ।कार्यक्रमको तयारी स्वरुप अहिले गुफा क्षेत्रमा ध्वजापतका टाँस्ने ,रङ रोगन गरेर सिर्गाने तथा विभिन्न सन्देश लेखिएका फ्लेक्स टाँस्ने कार्य भैरहेको छ ।भ्रमण वर्षकै पुर्वसन्ध्यामा वडा भित्रका संघ संस्थाको समन्वयमा पुस १२ गते वृहत सरसफाई गरिने समितिले जनाएको छ ।महेन्द्र गुफा देखि शुरु हुने सरसफाई कार्यक्रम के.आई सिंहपुलमा पुगेर समापन गरिने वताईएको छ । भ्रमण वर्षलाई केन्द्रित गरी वडा कार्यालयले सुचनामुलक डिजीटल वोर्ड राख्ने तयारी समेत गरेको छ ।पुस १६ गते अग्रेजी नयाँ वर्ष पनि परेकाले उक्त दिन पर्यटकको चाप वढ्ने अनुमान समितिले गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।