• समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

    December 26, 2019     9:36 pm

    पोखरा, १० पुस (रासस) ः गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । नेपाल रेडक्रस कास्की शाखा लैङ्गिक तथा समावेशीकरण समितिद्धारा आयोजित २१ औं महिला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै आर्थिक समृद्धितर्पm जोडिनु पर्ने बताउनुभयो ।
    मानवीय सेवामा समर्पित रेडक्रसले महिलालाई सहभागिता गराउँदै नेतृत्व विकासमा समेत जोड दिंदै आएको उल्लेख गर्दै उहाँले महिलाहरु घर भन्दा बाहिर निस्केर समाजका विपन्न एवम् असहायको सहारा बन्नु पर्नेमा जोड दिनुभयो ।

    मुलुकका तीनवटै सरकारले महिला सशक्तिकरणका लागि विनियोजित रकमका बारेमा महिलाहरु सचेत हुनु पर्नेमा जोड दिदै उपभामुख शर्माले महिलाहरु समाजका विपन्न एवम् असहाय वर्गको सहारा बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापतिव्दय डण्डराज पौडेल र कृष्ण तिमिल्सिनाले महिलाहरु अरक्षणमा नभई क्षमता विकास गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । शाखाका महामन्त्री धर्म अधिकारीले संस्थाले बिभिन्न विकास निर्माणका साथै रक्तदान, एम्वुलेन्स सेवा जस्ता मानवीय सेवालाई बिशेष महत्व दिंदै आएको जानकारी दिनुभयो । दुई दिने सो गोष्ठीमा शाखा अन्तर्गतका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाको सहभागिता रहेको लैङ्गिक तथा समावेशीकरण समिति कास्कीका संयोजक एवम् संस्थाका उपमन्त्री उर्मिला खड्काले बताउनुभयो ।

    कार्यक्रम पहिलो दिन मोहनसिं खड्का र श्रीराम तिमिल्सिना तथा दोश्रो दिन उर्मिला खड्का र खेमराज सापकोटाले उक्त बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताउँदै उहाँले रेडक्रस सोसाईटीमा महिलाको संख्या बढाउन गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा १२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष रामबहादुर कार्की, इन्दिरा भण्डारी, मिना गुरुङ, प्रभा अर्याल लगायतले तालीमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
    हरि बाँस्तोला ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।