• займ онлайн

    सय करोड कमाउने सलमान खानको १५ औं फिल्म ‘दबंग थ्री’

    December 26, 2019     12:18 pm

    सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं दिन १२ करोड भारुको कारोबार गरेको छ । यो हिसाबले अहिलेसम्म फिल्मले १०३.८५ करोड भारु कमाई गरेको छ । फिल्ममा सलमानबाहेक सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मांजरेकर मुख्य भूमिकामा छन् ।गत शुक्रबार रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म सय करोड क्लबमा समावेश भएको छ । नायकको प्रोडक्सन हाउसको आधिकारिक ट्वीटर ह्यान्डलबाट यो कुरा पुष्टि भएको हो ।

    फिल्मले शुक्रबार २४.५० करोडको व्यापार गरेको थियो । यस्तै शनिबार फिल्मले बक्स अफिसमा २४.७५ करोड भारु जुटाएको थियो । फिल्मले आइतबार प्रदर्शनमा सुधार गर्दै ३१.९० करोड भारु कलेक्सन गर्यो । त्यसपछि सोमबारको व्यापार १०.७० भारु रह्यो । फिल्मले रिलिजको पाँचौं दिन अर्थात् मंगलबार १२ करोड भारु व्यापार गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।